सुनको भाउ घट्यो

काठमाडौ,मंसिर १२- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु तीन सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९७ हजार पाँच सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ … Read more

गढ मानिने चितवन क्षेत्र नं ३ मा कांग्रेस पाँचौँ

चितवन, मंसिर १२- दोस्रो संविधानसभा निर्वाचनमा देशैभरमा सबैभन्दा सुरक्षित ठाउँ मानेर तत्कालीन नेपाली कांग्रेसका सभापति सुशील कोइराला चितवनको तत्कालिन क्षेत्र नं ४ बाट उम्मेदवार बन्नुभयो । भारी मतले उहाँ विजयी पनि हुनुभयो । उहाँले छाडेर उपनिर्वाचन हुँदा कांग्रेसका रामकृष्ण घिमिरेले पनि अत्याधिक मतले विजयी हुनुभयो । हालको क्षेत्र नं ३ सोही क्षेत्र पर्दछ । विगत … Read more

मधेशमा भोली सार्वजनिक विदा

बारा, मंसिर ११ गते । मधेश सरकारले सोमबार प्रदेशभर सार्वजनिक विदा दिएको छ । प्रदेशको ठूलो पर्व सीताराम विवाहपञ्चमीको अवसरमा प्रदेश सरकारले भोली (सोमबार) सार्वजनिक विदा दिएको हो । मधेशका मुख्यमन्त्री लालबाबु राउतले आइतबार एउटा शुभकामना सन्देश जारी गर्दै विवाहपञ्चमीको अवसरमा सार्वजनिक विदा रहेको जानकारी गराएका छन् । सप्ताहव्यापी रुपमा जनकपुरमा धुमधामसित मनाइने सीताराम विवाहपञ्चमीको भोलि … Read more

मोटरसाइकल दुर्घटना हुँदा विरगञ्जमा एक जनाको मृत्यु

पर्सा, मंसिर ११ गते । पर्सा जिल्लाको विरगञ्जमा मोटरसाईल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । हिजो शनिबार राति वीरगञ्जमा भएको मोटरसाइकल दुर्घटनामा वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ मुर्ली निवासी १९ वर्षीय साहिल हवारीको मृत्यु भएको छ भने अर्का एक युवक घाइते भएका छन् । त्यस्तै घाइते हुने पनि सोही स्थानका वासिन्दा २० वर्षीय … Read more

निर्वाचन जितेसँगै भावी प्रधानमन्त्रीका लागि रामचन्द्र पौडेलको दौडधुप

काठमाडौँ, मंसिर ११- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भावी प्रधानमन्त्रीको लागि दौडधुप गर्न सुरु गरेका छन् । तनहुँ – १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि पौडेलले प्रधानमन्त्रीका लागि दौडधुप थालेका हुन् । पौडेलले कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायतका शीर्ष नेतासँग एक चरण छलफल गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल … Read more

भारतीय सीमामा पसेको पाकिस्तानी ड्रोनलाई गोली हानेर खसालियो

भारत, मंसिर १०- शुक्रबार पञ्जाबको अमृतसर क्षेत्रमा भारत–पाकिस्तान सीमामा रहेको डोके गाउँमा भारतीय सीमा सुरक्षा बल (बीएसएफ) का जवानहरूले एक ड्रोनलाई गोली हानेर खसालेका छन् । बीएसएफको दाबी छ, उक्त ड्रोन पाकिस्तानबाट भारतमा प्रवेश गरेको हो । बीएसएफका अनुसार भारत–पाकिस्तान सीमामा एक संदिग्ध ड्रोन उडेको आवाज सुनिएको थियो जसलाई बीएसएफका जवानहरूले गोली हानेर खसालेका थिए … Read more

दुई जनाको मृत्युपछि बाजुरामा रोकिएको मतदान शान्तिपूर्ण जारी, २४ केन्द्रको मतदान रद्ध गर्न माग

बाजुरा, मंसिर १०- बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर ५ को मतदान केन्द्रमा मतदान भइरहेको छ । मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलका अनुसार बिहान ७ बजेदेखि यस क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । कुल ९९९ मतदाता रहेको सो मतदान स्थलमा बिहान १० बजेसम्म २ सय बढी मत खसेको पौडेलले बताए । मंसिर ४ गते मतदानका … Read more

मोबाईल किन्दा कार उपहार परेपछि…

एस.एस. पटेल, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर स्थित रहेको एस.के. मोबाईल हबबाट मोबाईल खरिद गर्दा एक ग्राहकलाई कार उपहार परेको छ । जीपतुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहाका दिपनारायण चौधरीले मोबाईल खरिद गर्दा कार जितेका हुन । चौधरीले १८९९९ रुपैयाको सान्सुङ कम्पनीको एम १२ मोडेल मोबाईल खरिद गर्दा उनलाई करिब २७ … Read more

मोटरसाइकल दुर्घटनामा पर्सा मिर्जापुरका दुई जनाको मृत्यु

पार्सा, मंसिर ९ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको इश्वरपुर नगरपालिका–१२ स्थित बाँके जङ्गलमा बिहीबार साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुई घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश नम्बर २–०२–००३ प ९१७८ नम्बरको मोटरसाइकल विपरीत दिसाबाट आउँदै गरेको स ९ प १५९१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए । … Read more

बारा क्षेत्र नम्बर ३ बाट एमालेकी ज्वाला कुमारी साह निर्वाचित

बारा, मंसिर ९ गते । बारा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेकी ज्वाला कुमारी साह निर्वाचित भएकी छन् । ज्वाला, जनता समाजवादी पार्टी (जसपा)का रामबाबु यादवलाई करिब ३ हजार मतान्तरले पराजित गर्दै निर्वाचित भएकी हुन् । उनले २०२५१ मत ल्याइन् भने उनका प्रतिस्पर्धी यादवले १७२७९ मत पाए । यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका … Read more