महिला एसिया कपः नेपालले आज पाकिस्तानसँग खेल्दै

काठमाडौं, साउन ६- श्रीलंकामा जारी नवौं संस्करणको महिला एसिया कपमा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दैछ। आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानको सामना गर्दैछ। यो खेल नेपाली समय अनुसार साँझ सवा ७ मा सुरु हुनेछ। नेपालको पाकिस्तानको राष्ट्रिय क्रिकेट टोलीसँग टी–२० आई मान्यता प्राप्त खेल भने पहिलो पटक खेल्न लागेको हो। सन् २०१६ को एसिया कपमा … Read more

आज आइतवार यस्तो छ तपाईको राशिफल, २०८१ साल साउन ६ गते

साउन ६- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विद्या र बुद्धिको विकास हुनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कार्यसिद्धि हुने अवसर मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । मालसामान हराउन सक्छ । हेलचर्क्याइले काममा … Read more

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ । हाल देशभर साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा हुनुको साथै कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ । आज … Read more

बारामा ८५ हजार नक्कली नोटसहित एक पक्राउ

बारा, साउन ५ गते । बारामा नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बारा प्रहरीले ८५ हजार नक्कली नेपाली नोटसहित एक जनालाई पक्राउ गरेको हो । नक्कली नोटसहति पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका २ महुवाहीका ३५ वर्षीय छठु गिरी रहेका छन् । ईलाका प्रहरी कार्यालय सिम्रौनगढको प्रहरी टोलीले सवारी चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा … Read more

घुरेर हेरेको भन्दै श्रीमानले गरे श्रीमतीको हत्या

भारत, साउन ५- छिमेकी मुलुक भारतमा आफ्नै पत्नीको हत्या गर्ने एक ३८ वर्षीय पुरुषले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । उत्तर प्रदेशको जहाँगिरवादका सचिन वाल्मीकिले आफ्नी पत्नी मन्जु देवीको हत्या गरेको भन्दै सोमबार प्रहरीमा आत्मसमर्पण गरे । नगर निगममा करार सेवामा सफाइ कर्मचारीको रुपमा कार्यरत रहेको उक्त दम्पत्तिको बीचमा गत हप्ता विवाद चर्किएको थियो । … Read more

बारा प्रहरीका प्रवक्ता एवम् डीएसपी न्यौपानेको काज सरूवा

बारा, साउन ५- जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) दधिराम न्यौपानेलाई प्रहरी प्रधान कार्यालयले काज सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले आज डीएसपी न्यौपानेको प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, काठमाडौ सरुवा गरेको हो। प्रहरी स्रोतका अनुसार डीएसपी न्यौपानेलाई कार्बाही स्वरुप सरुवा गरिएको हो । डीएसपी न्यौपानेले कलैयाका क्याम्पस प्रमुख हरिभुषण कुश्वाहाको हत्या … Read more

प्रधानमन्त्री ओलिको निर्देशन कुलमान घिसिङले मानेनन्, विवादित उद्योगको लाइन जोड्न अस्वीकार

काठमाडौं, साउन ५ प्रधानमन्त्री केपी शर्मा ओलीले विवादित उद्योगको लाइन जोड्न दिएको निएको निर्देशनको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अवज्ञा गरेका छन् । घिसिङले डेडिकेटेड तथा ट्रंक लाइन विवादमा काटिएको ६ उद्योगको लाइन जोड्न अस्वीकार गरेका गरेका हुन्। प्रधानमन्त्री ओलीले शुक्रवार अपराह्न ऊर्जामन्त्री दिपक खड्का एवम् उद्योगमन्त्री दामोदर भण्डारीसहित प्राधिकरणका पदाधिकारी र उद्योगीहरूसँग … Read more

उद्योगकारखानामा बिजुली जोड्न कुलमान घिसिङलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, साउन ५ प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड फिडर र ट्रंक लाइन विवादमा नेपाल विद्युत् प्राधिकरणले काटेको विभिन्न उद्योगको बिजुली आजै जोड्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका छन् । शुक्रबार उद्योग, ऊर्जा एवम् प्राधिकरणका पदाधिकारी र उद्योगीहरूबीच सामूहिक छलफल गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीको निर्देशन … Read more

जीतपुरसिमरालाई समृद्ध बनाउन सबै जनप्रतिनिधि र सरोकारवाला एक हुन आवश्यक

एस.एस. पटेल, बारा, साउन ४- जीतपुरसिमरा उपमहानगरपालिकामा जनप्रतिनिधिहरुको आपसि मतभेदका कारण जीतपुरसिमराको विकासमा प्रत्यक्ष असर परिरहेको छ । उपमहानगरलाई समृद्ध बनाउन सबै निर्वाचित जनप्रतिनिधि र सरोकारवाला एक हुन आवश्यक देखिन्छ । नगरको दशौँ नगरसभा सबै कार्यपालिका सदस्यहरुको सहमतिमा नभएको भन्दै नगरसभामा कुर्सी हानाहान भएको थियो । जीतपुरसिमरा उपमहानगरको नगर प्रमुख राजन पौडेलले आफ्नो एक्लौटी दम्बमा … Read more

त्रिशूलीमा हराइरहेका बसका थप २ यात्रुको शव भारतमा भेटियो, सनाखत हुन बाँकी

काठमाडौँ,साउन ४- चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये २३ जनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलले उपलब्ध गराएको तथ्याङ्कअनुसार आज बिहान १०ः५० बजेसम्म मृतकमध्ये १५ जनाको सनाखत भएको छ । आठ पुरुष र एक महिला गरी नौ शवको सनाखत हुन … Read more