बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखलाई फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौं, साउन १५- सरकारले तीन वटा प्रदेश प्रमुखलाई फिर्ता बोलाउने निर्णय गरेको छ। सोमवार बसेको मन्त्रिपरिषद् बैठकले बागमती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुखलाई फिर्ता बोलाउने निर्णय गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले बताए। बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र कर्णालीका प्रदेश प्रमुख तिलक परियारलाई फिर्ता बोलाउने … Read more

बाघको संख्या निश्चित सीमामा कायम गर्नुपर्छ: प्रधानमन्त्री ओली

ललितपुर । प्रधानमन्त्री के पी शर्मा ओलीले संख्या वृद्धि गर्ने क्रममा सधैं  दोब्बर बनाउने नभई सीमिततामा आधारित रहेर देशको क्षमताअनुसार बाघको संख्या वृद्धि गर्नुपर्ने बताएका छन् । विश्व बाघ दिवस २०२४ का अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा बालबालिकासँग बाघ संवाद गर्दै  प्रधानमन्त्री ओलीले वन्यजन्तुको सिकार र चोरीपैठारी रोकेर … Read more

हर्दी र माडी चितवन जिल्ला लिगको सेमिफाइनलमा

चितवन, साउन १३- हर्दी युवा समाज र माडी ११ सेन्ट्रल कलेज चितवन जिल्ला लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज (आइतबार) समूह बी को अन्तिम दुई खेल सम्पन्न भएसँगै हर्दी र माडीले सेमिफाइनलमा स्थान बनाएको हो । लिगको ५ खेलमा ४ जित र एक बराबरी गरेको हर्दी १२ अंकसहित समूह विजेता बनेको छ । … Read more

०८४ मा एक्लै चुनाव लड्छौँः अध्यक्ष प्रचण्ड

काठमाडौं,साउन १३- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०८४ सालको निर्वाचन एक्लै लड्ने बताएका छन् । आइतबार पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले चुनाव जित्ने योजनाका साथ पदाधिकारी बैठकमा छलफल भइरहको बताए । “पार्टीको पदाधिकारी बैठक चलिरहेको छ, बैठकमा ०८४ को चुनाव एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल चलिरहेको छ । यस्तो महत्त्वपूर्ण … Read more

गोरखामा पहिरोले पुरिएर ५ जना बेपत्ता

गोरखा,साउन १३- गोरखाको धार्चे गाउँपालिका–५ सिङग्लामा पहिरोले एक पुरिँदा ५ जना बेपत्ता भएका छन्। आज बिहान ३ बजे गएको पहिरोले स्थानीय जितबहादुर गुरुङ्गको घर पुरिँदा ५ जना बेपत्ता भएको गाउँपालिका अध्यक्षलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डीएसपी रमेशकुमार श्रेष्ठले बताए। उनका अनुसार दुर्गम स्थान भएकोले प्रहरी घटनास्थलतर्फ गइरहेको छ। प्रहरी टोली गोरखा … Read more

त्रिशुलीमा बेपत्ता बस खोज्न आएको भारतीय टोली आज फिर्ता जाने

चितवन,साउन १३- नारायणगढ–मुग्लिन सडकको केराबारीस्थित त्रिशूली नदीमा देखिएको भनिएको बस्तु बस नभएको पाइएको छ । नदीको बीच भागमा बसको थोरै भाग देखिएको भनि स्थानीयले खबर गरेका थिए । तालिमप्राप्त उद्धार टोलीले हेरेपछि बस नभएको पुष्टि भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । शनिवार बस खोज्ने क्रममा भारतको नेशनल डिजास्टर रेक्स्यु फोर्स (एनडिआरएफ) … Read more

काठमाडौं उपत्यकाका पालिका र मातहतका निकायमा आज सार्वजनिक बिदा

काठमाडौं,साउन १३- उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र मातहतका निकायमा आज सार्वजनिक बिदा दिइएको छ । बिहीबार राति मृत्यु भएका कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौं उपत्यका मेयर्स फोरमले काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नकर्मीको बिहीबार मृत्यु भएको थियो । नकर्मी विसं २०२१ असार २० गते जन्मिएका … Read more

प्रथम केयर भिजन स्पेलिङ बि कम्पेटिसन सम्पन्न, जीतपुर पब्लिक स्कुल प्रथम

बारा, साउन १२ गते । बाराको जीतपुरसिमरामा प्रथम केयर भिजन स्पेलिङ बि कम्पेटिसन सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ स्थित रहेको बकुलिया क्याम्पसको सभा हलमा सम्पन्न कार्यक्रममा जीतपुर पब्लिक स्कुल प्रथम भएको हो । केयर भिजन स्कुल जीतपुरको आयोजनामा सम्पन्न भएको स्पेलिङ बि कम्पेटिसनमा जीतपुरसिमरा उपमहानगरभित्रका ११ स्कुलहरू सहभागी भएका थिए । … Read more

चितवनका एकसहित सीटीईभीटीको छात्रवृत्ति परीक्षा दिने ५ नक्कली परीक्षार्थी पक्राउ

चितवन, साउन १२- हेटौंडाबाट चितवनका एकसहित ५ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । व्यवसायिक तथा सीप विकास तालिम केन्द्र (सीटीईभीटी) सानोठिमीद्वारा संचालित डिप्लोमा तथा प्रि डिप्लोमा तहको निःशुल्क (छात्रवृत्ति) तहको परीक्षा दिने पाँच जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भरतपुर महानगरपालिका ८ का रुपेश यादव, बारा जिल्ला परमाणिपुरका … Read more

भारतको श्रीनगरमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरको उद्धार, प्रधानमन्त्री ओलिले दिए धन्यवाद

काठमाडौं, साउन ११ महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले भारत काश्मीरको श्रीनगरमा पाँच महिनादेखि बन्धक बनाइएका २८ जना नेपाली मजदुरलाई उद्धार गरी नेपाल फर्काएर ल्याइएको छ । रोजगारीको प्रलोभनमा बेचबिखन गरी काश्मीरको श्रीनगरमा ५ महिनादेखि बन्धक बनाइएका २८ जना नेपाली मजदुरहरूलाई सो मन्त्रालयको टोलीले उद्धार गरी नेपाल फर्काएको हाे  । मजदुरहरुको उद्धारबारे प्रधानमन्त्री केपी शर्मा … Read more