एमालेको आरोप : बारा-३ मा चुनावी पोस्टरमाथि ‘घण्टी’ स्टिकर टाँसियो

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति नजिकिँदै गर्दा बारा निर्वाचन क्षेत्र नम्बर ३ मा राजनीतिक रस्साकस्सी बढ्न थालेको छ। नेकपा एमालेकी उम्मेदवार ज्वाला कुमारी साहको चुनावी पोस्टरमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले ‘स्टीकर’ टाँसेको नेकपा एमालेले आरोप लगाएको छ। एमालेका अनुसार निर्वाचन प्रचारका क्रममा नेकपा एमालेकी उम्मेदवार साहका पोस्टरहरू नियोजित … Read more

बाराको त्रिवेणी स्पिनिङ मिल्सको ६६ केभी सव–स्टेशनमा आगलागी, ट्रान्स्फर्मर क्वायल पूर्ण रूपमा जलेर नष्ट

बारा, फागुन ९ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–९, छातापिपरा स्थित त्रिवेणी स्पिनिङ मिल्सको ६६ केभी विद्युत् सव–स्टेशनमा शुक्रबार राति आगलागी भएको छ। कम्पनीका अनुसार ६६ केभी ट्रान्स्फर्मरको क्वायल मर्मत गर्ने क्रममा सर्ट सर्किट भई आगलागी भएको हो। राति करिब ९ः३० बजे सुरु भएको आगलागीबाट ट्रान्स्फर्मरको क्वायल पूर्ण रूपमा जलेर नष्ट भएको छ। जीतपुरसिमरा उपमहानगरपालिकाको वारुणयन्त्रको … Read more

बैतडीमा निर्वाचन प्रहरीको मृत्यु

८ गते फागुन , बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका–४ बबेत घर भएका ३८ वर्षीय महादेव वडको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक सुरज सिंहका अनुसार आज शुक्रबार दिउँसो खाना खान घर गएको समयमा उनी घरमै अचेत अवस्थामा भेटिएको खबर आएपछि … Read more

फेटा गाउँपालिकाका अध्यक्ष रूस्तम अन्सारीमाथि हातपात, सुरक्षाकर्मीद्वारा उद्धार

बाराको फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारीमाथि स्थानीयले शुक्रबार बिहान हातपात गरेपछि सुरक्षाकर्मीले उनको उद्धार गरेको छ । फेटा ३ स्थित आफ्नै घरमा छलफलका क्रममा रहेका अध्यक्ष अन्सारीमाथि दुई पक्षबीचको विवादका क्रममा आक्रमण भएको हो । बिहीबार राति जन्ती आएका दुई समुदायका युवाहरूबीच भएको कुटपिटको विषयलाई लिएर दुवै पक्ष सहमति खोज्न अध्यक्षकहाँ पुगेका थिए । तर … Read more

वीरगंज –२३ मा जसपाका २५० बढी नेता-कार्यकर्ता एमाले प्रवेश

वीरगंज , ८ फागुन – पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत वीरगंज महानगरपालिका वडा नम्बर २३ मा जनता समाजवादी पार्टी (जसपा) का वडा इकाइ कमिटी अध्यक्षसहित २५० भन्दा बढी स्थानीय नेता–कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन्। शुक्रबार बिहान प्रसौनीमा आयोजित नेकपा एमालेको पार्टी प्रवेश तथा वडा भेलामा जसपाका वडा इकाइ कमिटी अध्यक्ष जमुना यादव, सचिव मनोज … Read more

इस्लाम धर्मावलम्बीहरूको मुख्य पर्व रमजान सुरु

फागुन ८ इस्लाम धर्मावलम्बीहरूको मुख्य पर्व रमजान सुरु भएको छ । यो पर्वमा मुस्लिम धर्मालम्बीहरू एक महिनासम्म दिनभरी निराहार व्रत बसी नमाज पढ्ने गर्छन् । हिजरी संवतको नवौं महिनामा सुरु भएर एक महिनासम्म चल्ने यो पर्वमा सूर्योदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई व्रत बस्ने गरिन्छ । सामान्यतया आफ्ना नियमित काम सकेर एक महिनासम्म दिउँसो मस्जिदमा गएर … Read more

मुख्य याममा सौराहामा पर्यटक घटेपछि व्यवसायी निरास

चितवन, फागुन ८ – विगतका वर्षमा यतिबेला सौराहाका होटल ८० प्रतिशत हाराहारी भरिने गरेका थिए । यस वर्ष यतिबेला आधा हाराहारी मात्र पर्यटक यहाँ आएका छन् । मुख्य याममा पर्यटक नआउँदा व्यवसायीमा निरासा छाएको छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे फेब्रुअरी, मार्च र अप्रिल महिना सौराहाको मुख्य पर्यटकीय मौसम भएको बताउनुहुन्छ । … Read more

शिवरात्रीमा पशुपतिमा एक युवकको संकास्पद मृत्यु, अनुसन्धानमा तानिए ‘बाबा’

८ फागुन, काठमाडौं । शिवरात्रीमा पशुपतिमा एक युवकको संकास्पद मृत्यु भएको छ । शिवरात्रीको भोलिपल्ट एक युवकको शव पशुपतिनाथको मन्दिर परिसरमा भेटिएको छ । शव भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । प्रहरी वृत्त गौशालाले घटनास्थल मुचुल्का गरेर शवको अनुसन्धा अघि बढाएको थियो । मृतक व्यक्तिको शरीरमा निलडाम र चोट पटक देखिएपछि मृत्यु संकास्पद भन्दै काठमाडौं … Read more

अध्यक्ष दाहालद्वारा निर्माणाधीन सङ्घीय संसद् भवन निरीक्षण

काठमाडौँ, फागुन ८- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको आज निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा उहाँले आगामी सङ्घीय संसद्को अधिवेशन यही भवनबाट चल्नुपर्ने भएकाले पछिल्लो समय काममा देखिएको प्रगतिले आशावादी तुल्याएको प्रतिक्रिया दिनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “जुन गतिबाट यो बन्नुपर्छ भन्ने लागेको थियो, त्यो स्पिड अझै आउन सकेको देखिन्न । … Read more

फागुन २१ का लागि मतपत्र छपाइ तीव्र, ४७ जिल्लाका १ करोड ३७ लाखभन्दा बढी मतपत्र तयार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ कार्यलाई तीव्र पारेको छ। आयोगका अनुसार हालसम्म ४७ जिल्लाका ११० निर्वाचन क्षेत्रका लागि कुल १ करोड ३७ लाख ९१ हजार थान मतपत्र छपाइ सम्पन्न भइसकेको छ। भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा भइरहेको छपाइ कार्यअन्तर्गत डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम … Read more