रणनीतिक रूपमा योजनाबद्ध रुट, पूर्वाधार र प्रचार गरे पर्यटनले गर्न सक्छ मधेसको कायापलट

एस.एस. पटेल, बारा, असार २२ गते । मधेस प्रदेश केवल राजनीतिक, सामाजिक र कृषि केन्द्र मात्र होइन, यो प्रदेश पर्यटन सम्भावनाको खानी बन्दै गएको छ । मधेस प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक र धार्मिक धरोहरले भरिपूर्ण क्षेत्र हो । तर, यी सम्पदाहरू अझै पर्यटकीय दृष्टिकोणले पूर्ण रूपमा उजागर र विकास हुन बाँकी छन् । यदि रणनीतिक रूपमा … Read more

पर्साको ठोरी साक्षर गाउँपालिका घोषणा

पर्सा, असार २२- ठोरी गाउँपालिकालाई जिल्लाकै पहिलो साक्षर पालिका घोषणा गरिएको छ । “हाम्रो अथक मेहेनत र प्रयासकै कारणले जिल्लाकै पहिलो साक्षर पालिका हुन पाएका छौँ”, ठोरीका गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले भन्नुभयोे, “यो गौरवको विषय हो । अन्य रचनात्मक काममा पनि आगामी दिनमा पनि ठोरीले राम्रो कामको सुरुआत गर्दै अघि बढ्नेछ ।” पालिकामा रहेका तीन … Read more

भोजपुरमा ज्वाइँले गरे पत्नी, ससुरा, सासु र सालोको, ज्वाइँ पनि गम्भीर घाइते

काठमाडौं, असार २२- भोजपुरको रामप्रसादराई गाँउपालिका–२ धोद्लेखानीमा गएराति एकै परिवारका चार जनाको हत्या भएको छ । भोजपुर नगरपालिका–२ हेलौँछा घर भएका ३० वर्षीय राजेन्द्र राईले ससुराली घरका चार जनाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ । राईले माइतीघरमा रहेकी श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, सासू ४५ वर्षीय मञ्जु गिरी र … Read more

मेरो व्यक्तिगत जिवनको विषयमा अनावश्यक बोल्ने अधिकार कसैलाई छैन: गायिका एलिना चौहान

असार १९ गते । गायिका एलिना चौहानले आफ्नो व्यक्तिगत जिवनको विषयमा अनावश्यक बोल्ने अधिकार कसैलाई नभएको बताएकि छन् । उनले एक टिभि कार्यक्रममा अन्तर्वार्ता दिदै मेरो व्यक्तिगत जिवनको विषयमा बोल्ने अधिकार कसैलाइ नरहेको बताएकि हुन् । गायिका एलिना चौहानको डिभोर्स पछि विभिन्न सामाजिक सञ्जालमा केही अराजक समुह र व्यक्तिले उनको चरित्रहत्या हुने गरि सामग्री सम्प्रेषण … Read more

कर्कलोका १० प्रमुख फाइदाहरू

कर्कलो (Colocasia) एक लोकप्रिय र पारंपरिक तरकारी हो, जुन नेपालका धेरैजसो भेगमा सजिलै पाइन्छ। यसको पात, डाँठ (गाभा) र गाठा (तारुल) सबै भाग उपयोगी मानिन्छ। यहाँ कर्कलोका १० महत्वपूर्ण फाइदाहरू उल्लेख गरिएको छ: १. रोग प्रतिरोधात्मक क्षमता बढाउँछकर्कलोमा पाइने भिटामिन C र एन्टिअक्सिडेन्टले शरीरको रोगसँग लड्ने क्षमता (इम्युनिटी) बढाउँछ। नियमित सेवनले सामान्य ज्वरो, रुघाखोकी तथा … Read more

फेक आइडी बनाएर गायिका एलिनालाई फेसबुकमा गालिगलौज गर्ने युवक पक्राउ

चितवनका एक युवा प्रकाउ परेका छन् । सामाजिक सञ्जालमा गायिका एलिना चौहानलाई गालिगलौज गर्दै कमेन्ट गर्ने चितवनका युवक पक्राउ परेका छन्। एलिनाले दिएको उजुरीपछि चितवन घर भई ललितपुरमा बस्दै आएका ३३ वर्षीय गुन्जन राईलाई ललितपुरको बाँडे गाउँबाट प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ। पक्राउ परेका राईले ४०/५० वटा नक्कली आईडी तयार गरेर त्यसको दुरुपयोग गरेको … Read more

जगदम्बा स्टील्सको भट्टी पड्कियो, कम्पनले बस्ती हल्लियो

बारा, असार १८ गते । बाराको सिमरास्थित जगदम्बा स्टील्स उद्योगमा बुधबार राती फलाम पगाल्ने भट्टी पड्किएको छ । उद्योगको ३० टन क्षमताको सिसिएम प्लान्टको भट्टी पड्किएको हो । भट्टी पड्किदा एक मजदुर घाइते भएका छन् । घाइते हुनेमा ३५ वर्षीय भारतीय नागरिक अजय बैठा रहेका छन् । घाइतेको वीरगन्जस्थित अस्पतालमा उपचार भइरहेको छ । घटनामा … Read more

पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश

काठमाडौं, असार १५- विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेरामक्स’ प्रविधि खरिदमा भ्रष्टाचार गरेको अभियोग लागेका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासले आइतबार नै बस्नेतको बयान लिँदै थुनछेक बहसपछि उक्त आदेश जारी गरेको हो। अदालतका उपरजिस्ट्रार … Read more

बारामा ४३ लाखभन्दा बढीको अवैध सामानसहित ट्रक नियन्त्रणमा

बारा, असार १३ गते । बारा प्रहरीले बिल बिजक भन्दा बढीको सामानसहित ट्रक नियन्त्रणमा लिएको छ । राजश्व छलीको आशङ्कामा सामानसहित ट्रक नियन्त्रणमा लिएको हो । ईलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी बरिष्ठ नायब निरीक्षक जङ कार्कीको नेतृत्वमा खटिएको प्रहरीले टोलीले सिमरा–वीरगन्ज सडकखण्डमा सवारी जाँचका क्रममा करिब ४३ लाखभन्दा बढीको राजश्व छलीको आशङ्कामा सामानसहित ट्रक नियन्त्रणमा … Read more

वीरगन्जको बगहीमा ट्याक्टर दुर्घटनामा दुई जनाको ज्यान गयो

पर्सा, असार १३ गते । वीरगन्ज महानगरपालिकाको बगहीमा शुक्रबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा दुई किशोरको घटनास्थलमै ज्यान गएको छ भने एकजना घाइते भएका छन् । ज्यान गुमाउनेमा बगहीका १७ वर्षीय आकाश पटेल र १७ वर्षीय गोलु पटेल रहेका छन्। उनीहरू सवार रहेको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो । उक्त ट्याक्टर भेडाहा खोलाबाट माटो लिएर … Read more