आइतबारबाट टिभिएस शोरुम जीतपुरमा ‘च्याम्पियन्स एक्स्चेन्ज’ मेला

बारा, कार्तिक १८ गते । जीतपुरको पहाडीटोल मा रहेको टिभिएस शोरुममा ‘च्याम्पियन्स एक्स्चेन्ज’मेला हुने भएको छ । कार्तिक १९ गते आइतबारबाट २५ गते शनिबार सम्म मेला सञ्चालन हुने आधिकारिक बिक्रेता स्वास्तिक ट्रेड एण्ड कन्सर्न का प्रवन्धक किरण पुरीले जानकारी दिए । दसैं तिहार लगायतका पर्वमा टिभिएसले ल्याएको ‘हर मोडमा उमंग’ अफर अन्तर्गतका सम्पूर्ण छुटसहित अन्य … Read more

बाराका प्रमुख जिल्ला अधिकारीले रुपेश स्वर्णकारको चरित्र सम्बन्धि दिएका अभिव्यक्ति लिए फिर्ता

बारा, कार्तिक १७ गते । जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारीले रुपेश स्वर्णकार हत्या प्रकरणमा दिएका अभिव्यक्ति फिर्ता लिएका छन्। स्वर्णकारको चरित्र हत्या हुने गरि दिएका अभिव्यक्ति फिर्ता लिएका हुन् । एक विज्ञप्ति जारि गर्दै बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले स्वर्णकारको हत्या सम्बन्धी आफुले दिएको अभिव्यक्तिलेबारा जिल्ला बासी माथि पर्न गएको दु:ख लाई मध्यनजर गर्दै अभिव्यक्ति फिर्ता लिएको जनाएका हुन् । सापकोटाले स्वर्णकारको हत्या उनको आफ्नै आचरणको कारण भएको बताएका थिए । उनको उक्त अभिव्यक्ति सार्वजनिक भएलगतैजिल्ला भरि उनको उक्त अभिव्यक्तिको चौतर्फी आलोचना हुन थालेको थियो । गत कार्तिक १३ गते बाराको बाल एक्ता ईङ्लिस बोर्डिक स्कुलका प्रधानाध्यापक समेत रहेका रुपेश स्वर्णकारको गोली हानि हत्यागरिएको थियो । उन्को हत्याको मुख्य योजनाकार सहित अन्य संलग्न केहि व्यक्तिहरू पक्राउ परेपछि मिडिया संग कुरा गर्दै प्रमुखजिल्ला अधिकारीले स्वर्णकारको हत्या सम्बन्धी विवादित अभिव्यक्ति दिएका थिए । यता हाल सम्म स्वर्णकारको मुख्य हत्यारा पक्राउ गर्न सकिएको छैन । स्वर्णकारको हत्या गर्ने सुटरहरू केही महिना पहिला पनि बारामैएउटा अर्को हत्या समेत गरेका थिए । स्वर्णकारका परिवारले पनि पत्रकार सम्मेलन गर्दै प्रहरीको अनुसन्धान फितलो भएको र स्वर्णकारको चरित्र हत्या हुनेगरि प्रहरी प्रशासनसार्वजनिक गरेको रिपोर्ट गलत रहेको दाबि गर्दै आएका छन् ।

बाराको जीतपुरसिमरामा एक महिलाको शव फेला

बारा, कार्तिक १६ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ को घुसुकपुरमा एक महिलाको शव फेला परेको छ । वडा नम्बर ६ घुसुकपुरको एक खेतमा पहिचान नखुलेको एक महिलाको शव फेला परेको हो । शव फेला परेको स्थानमा जिल्ला प्रहरी कार्यालय बाराको टोली पुगेर अनुसन्धान गरिरहेको छ । तालिम प्राप्त नेपाल प्रहरीको कुकुर समेत … Read more

गलत नेतृत्वको कारण फतुवा विजयपुर अस्तव्यस्तः विजय यादव

कार्तिक १४ गते– रौतहटको फतुवा विजयपुर नगरपालिकामा जनप्रतिनिधि बीचको बिवाद चरम पुगेको छ। तत्कालीन मेयर गोपाल राय यादव बिशेष अदालत बाट दण्डित भएर निलम्बित भए संगै कार्यवाहक मेयर खातुन र अन्य जनप्रतिनिधि बीच बिवाद उत्पन्न भएको छ। करिब एक महिना देखि जनप्रतिनिधि बीचको विवादको परिणाम समयमा नगरसभा हुन नसकेकाले त्यहाँका शिक्षक कर्मचारीले तलब पाउन सकेका … Read more

जीपतपुरसिमरामा नापतौल गर्ने काँटा, मिटरहरु नविकरण गरिदै

बारा, कार्तिक १३ गते । बाराको जीतपुरसिमरा उपमहमनगरपालिकामा नाप तौल गर्ने सामाग्रीहरु नविकरण गरिदै छ । जितपुरसिमरा नगर उद्योग वाणिज्य संघको सहकार्यमा गुणस्थर तथा नापतौल क्षेत्रीय कार्यालय बिरगन्जले व्यवसायमा प्रयोग हुने काँटा, मिटर, ढक, तराजु लगायतका नापतौल गर्ने सामाग्री उपकरणहरु चेकजाँच गरि नविकरण गरिदै छ । नापतौल गर्ने सामाग्रीहरु नविकरण गर्न व्यवसायीहरु विरगञ्ज जान बाध्यताबाट … Read more

बाराः गोली लागेका प्रधानाध्यापकको मृत्यु

बारा,कात्तिक १३- बाराको कलैयामा एक प्रधानाध्यापकमाथि गोली प्रहार गरि हत्या गरिएको छ । बारा प्रहरीका अनुसार अज्ञात समूहद्वारा कलैया निवासी रुपेश स्वर्णकारमाथि बोर्डिङ नजिकै मदर्सा टोलमा २ राउण्ड गोली प्रहार भएको हो । स्वर्णकारको टाउको र छातीमा गोली लागेर गम्भिर घाइते भएका थिए । गोली लागेका उनलाई उपचारका लागि गण्डक स्थित बयोध्या मेडिसिटि अस्पतालमा लगिएको … Read more

बारामा एक बोर्डिङ स्कुलका प्रधानाध्यापकमाथि गोली प्रहार

बारा,कात्तिक १३- बाराको कलैयामा एक प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ । बारा प्रहरीका अनुसार अज्ञात समूहद्वारा कलैया निवासी रुपेश स्वर्णकारमाथि बोर्डिङ नजिकै मदर्सा टोलमा २ राउण्ड गोली प्रहार भएको हो । स्वर्णकारको टाउको र छातीमा गोली प्रहार गरिएको प्रहरीले जनाएको छ । गोली लागेका उनलाई उपचारका लागि एलएस न्यूरो अस्पताल लगिएको प्रहरीले जनाएको छ । … Read more

ठगीको आरोपमा ‘बिटु पानी’ का सञ्चालक गुप्ता पक्राउ

बारा, कार्तिक १२ गते । पर्सा प्रहरीले करिब एक करोड ठगी गरेको आरोपमा ‘बिटु मिनिरल वाटर’ का सञ्चालकलाई पक्राउ गरेको छ । प्रहरीले बीरगन्जको बिर्ता एरियाबाट ‘बिटु मिनिरल वाटर’ का सञ्चालक बिटु कुमार गुप्तालाई पक्राउ गरेको हो ।बहुदरमाइ नगरपालिकाका सोनामति देबीले दिएको जाहेरीको आधारमा जीतपुर उपमहानगरपालिका वडा नम्बर ७ निवासी गुप्तालाई पर्सा प्रहरीले जनाएको छ … Read more

बाराको सिमरामा भयानक दुर्घटना, एकको मृत्यु दजर्नौ घाइते

बारा, कार्तिक १२ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालीका स्थित सिमराको मुख्य चोकमा यात्रुबाहक बस दुर्घटनामा परेको छ ।पर्साको बिरगञ्ज स्थित नगवा टोलबाट चितवनको जलविरे झरनामा वनभोज गर्न गएको ५० जनाको टोली राती ९ बजेर ३५ मिनेटमा सिमरा चौक आइपुगेको थियो । अगाडीबाट आएको मोटरसाइकललाई बचाउन खोज्दा बस अनियन्त्रित भई सडकको पुर्वपट्टी साइड लेनमा दुर्घटनामा परेको … Read more

बाराको कोल्हबीमा नहरमा डुबेर एक जनाको मृत्यु

बारा, कार्तिक ६ गते । बारामा नहरमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ खैराका दिपक खनालका २२ वर्षिय छोरा दिपेश खनालको नहरमा डुबेर मृत्यु भएको हो । आईतबार (हिजो) मात्र काठमान्डौबाट दशै मान्न घर आएका उनि साथीहरु संग नहरमा नुहाउन गएका थिए । नहरमा नुहाउने क्रममा उनको डुबेर … Read more