भोली देखि जीतपुरसिमरामा फूटबलको महाकुम्भ

एस.एस. पटेल, बारा । मोफसलकै प्रतिष्ठित फूटवल प्रतियोगिता जगदम्बा जीतपुरसिमरा गोल्डकपको १३औं संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । चैत्र ९ गतेदेखि सुरु हुने प्रतियोगिताका लागि यतिबेला रंगशालामा अन्तिम तयारी भईरहेको छ । उद्घाटन समारोहलाई लक्षित गर्दै आयोजक नव जनजागृति युवा क्लबले रंगशालामा मञ्च व्यवस्थापन, प्यारापीट रंगरोगनको काम गरिरहेको छ । रंगशालामा मंगलवार पत्रकार सम्मेलनको … Read more

स्कुलको बसको ठक्करबाट बारामा तीन वर्षीय बालकको मृत्यु

बारा, चैत्र ३ गते । स्कुलको बसको ठक्करबाट बाराको कलैयामा तीन वर्षीय बालकको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका १ मोतिबाघस्थित बालमन्दिर नजिक बसले ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा भारत मुझफरपुर घर भई कलैया उपमहानगरपालिका १ मोतिबाघ बस्ने विनोदकुमार सोनारको तीन वर्षीय छोरा कार्तिककुमार साह रहेका छन् । वीरगन्ज महानगरपालिका … Read more

१३औं जीतपुरसिमरा गोल्डकप चैत्र ९ देखि

बारा, फाल्गुन २९ गते । मोफसलको प्रतिष्ठत फूटबल प्रतियोगिताको रुपमा स्थापित जगदम्बा जीतपुरसिमरा गोल्डकपको १३औं संस्करण चैत्र दोस्रो साता सुरु हुने भएको छ । आयोजक नव जनजागृति युवा क्लबले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता चैत्र ९ गतेदेखि सुरु हुने जानकारी गराएको हो । ए डिभिजनका पाँचसहित १० टिमको सहभागिता रहने प्रतियोगिता यस वर्ष पनि … Read more

बारामा बस दुर्घटना, २९ जना घाइते २ को अवस्था गम्भीर

बारा, फाल्गुन २५ गते । बारामा बस दुर्घटना २९ जना घाइते भएका छन् । घाइते मध्ये २ को अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । पथलैया–विरगञ्ज सडकखण्ड अन्तर्गत सिमराको हुलासमा बिहिवार दिउँसो बस दुर्घटना भएको छ । वीरगन्जबाट नारायणघाटतर्फ जादै गरेको ना५ख २१४८ नम्बरको बस दुर्घटना भएको हो । बस दुर्घटनामा २९ यात्रु घाइते भएका … Read more

३५ दिनभित्र आय ठेक्काको बक्यौता बुझाउन जीतपुरसिमराको निर्देशन

बारा, फाल्गुन २२ गते । जीतपुरसिमरा उपमहानगरपालिकाले आय ठेक्काको बक्यौता रकम ३५ दिनभित्र बुझाउन सम्बन्धित निकायलाई सुचना निकालेर निर्देशन दिएको छ । जीतपुरसिमरा उपमहानगले निकालेको सूचना अनुसार बक्यौता रकम उठाउन उपमहानगरपालिकाले बारम्बार पत्र पठाउँदा पनि ठेकेदार कम्पनीहरुले अटेर गर्दै आएका थिए । १० ठेकेदार कम्पनीहरुले विभिन्न आर्थिक वर्षमा आय ठेक्का लिएर पनि उपमहानगरपालिका रकम नबुझाएको … Read more

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघः चटक धेरै, काम शुन्य

बारा, फाल्गुन २० गते । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले व्यापारीको हितको काम भन्दा बढि व्यक्तिगत फाईदा हुने काम गरिरहेको आरोप लागेको छ । जीपतुरसिमरा नगर उद्योग वाणिज्य संघले व्यारीबाट उठाएको पैसाले आफुलाई मन पर्ने सरकारी कर्मचारी र नेताहरुलाई स्वागत र बिदाईमा खर्च गरिरहेको छ । जीतपुरसिमरा नगर उद्योग वाणिज्यले प्रहरी, सिडियो, नेता, सांसद र … Read more

लागू औषध गाँजा सहित बाराको पथलैयाबाट ३ जना पक्राउ

बारा, फाल्गुन २० गते । बाराबाट लागू औषध गाँजा सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैयाबाट १२ किलोग्राम गाँजा सहित तिन जना पक्राउ परेका हुन् । हिजो शुक्रबार बिहान ६ बजेको समयमा पथलैया प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीलाई देखी अमलेखगंजबाट पथलैयातर्फ आउँदै गरेको ना २ ह ४९५० … Read more

बारामा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु

बारा, फागुन २० गत । बारामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर १४ मा मोटरसाइकल दुर्घटना हुदा हिजो शुक्रवार एकजनाको मृत्यु भएको हो । ना २ प ९७०५ नम्बरको मोटरसाइकलले ठक्कर दिदा कलैया-९ रामपुर बस्ने ३५ बर्षियको रहिम अंसारीको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाईकल चालक कलैया १४ … Read more

तराई यातायात व्यवसायी संघको १६औं वार्षिक साधारण सभा सम्पन्न

बारा, फाल्गुन १९ गते । तराई यातायात व्यवसायी संघको १६औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन सम्पन्न भएको छ । जीतपुरसिमरा २ स्थित संघको भवनमा साधारणसभा तथा अधिवेशन सम्पन्न भएको हो। साधारण सभा तथा अधिवेशनको उद्घाटन प्रतिनिधिसभा सदस्य एवम् पूर्व श्रममन्त्री कृष्णकुमार श्रेष्ठले उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै श्रेष्ठले यातायात व्यवसायीको पक्षमा आफ्नो … Read more

हात्तीको आक्रमणबाट जीतपुरसिमरामा एक जनाको मृत्यु, स्थानीय त्रसित

बारा, फाल्गुन १७ गते । हात्तीको आक्रमणबाट जीतपुरसिमरा १६ टांगियाबस्तीमा बुधवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सन्तबहादुर दर्लामीको ४५ वर्षीय छोरा जापाङ दर्लामी रहेका छन् । दर्लामीलाई जंगल जाने क्रममा गाउँ नजिकै हात्तीले आक्रमण गरेको र घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष हरिदेव खरेलले जानकारी दिएका छन् । यता जंगली हात्तीको आक्रमणबाट दर्लामीको मृत्यु … Read more