होटलमा यौन क्रियाकलाप गरेको आरोपमा २ महिला र २ पुरुष पक्राउ, होटल सञ्चालक पनि समातिए

महोतरी,चैत १०- महोतरी सदरमुकाम जलेश्वरको एक होटलबाट अनैतिक क्रियाकलाप (वेश्यावृति) मा संलग्न रहेको आरोपमा ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा होटल सञ्चालकसमेत छन्। जलेश्वर नगरपालिका–२ मटिहानी चोकनजिक सञ्चालनमा रहेका कोहिनुर र लङ्गाम होटलमा प्रहरी टोलीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो। त्यसक्रममा होटलका विभिन्न कोठाबाट दुई महिलासहित दुईजना भारतीय पुरुषलाई फेला पारिएको जिल्ला प्रहरी … Read more

मकवानपुरमा ट्रक दुर्घटना हुदा विरगञ्जका एक जनाको मृत्यु, एक घाइते

हेटौडा, चैत ११– कान्तिलोकपथ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ११ घट्टेपाखामा बुधबार बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुसार वीरगन्ज महानगरपालिका वडा नम्ब्र ३२ का २० वर्षीय सन्तोष यादवको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका सोही स्थानका … Read more

वीरगन्जको एक लजमा भारतीय दम्पती मृत फेला

वीरगन्ज, चैत्र ९ गते । वीरगन्ज महानगरपालिका–नयाँ बसपार्क क्षेत्रअन्तर्गत भानु चोक नजिक रहेको नवदुर्गा लजमा एक भारतीय दम्पती मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार भारतको पश्चिम बंगाल, कोलकाताका करिब ३४ वर्षीय बपन पत्रा र उनकी करिब ३२ वर्षीया पत्नी लजको कोठाभित्र एउटै सिलिङ फ्यानमा झुण्डिएको … Read more

तीन बुँदे सहमतिपछि हरि खेतान क्याम्पसको तनाव मत्थर, विद्यार्थी आन्दोलन रोकियो

वीरगन्ज । वीरगन्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा व्यवस्थापन र शिक्षकबीच देखिएको विवादका कारण उत्पन्न तनाव अन्ततः तीन बुँदे सहमतिपछि समाधानतर्फ उन्मुख भएको छ। सहमतिसँगै आन्दोलनरत विद्यार्थीहरूले आफ्नो प्रदर्शन स्थगित गरेका छन्। आइतबार साँझ जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी भोला दाहालको उपस्थितिमा विद्यार्थी प्रतिनिधि, क्याम्पस सञ्चालक समिति र प्राध्यापकबीच भएको छलफलपछि सहमति जुटेको हो। … Read more

मोटरसाइकल मर्मतको पैसा नतिर्दा सिरहामा दुई समूहबीच झडप, ६ जना घाइते

सिरहा । सिरहा नगरपालिका–१२ सारसर क्षेत्रमा मोटरसाइकल मर्मतको पैसा नतिरेको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा ६ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार चैत ६ गते अपराह्न करिब ४:५० बजे स्थानीय सलमान मियाँ र हासिम दफाली पक्षबीच विवाद चर्किएपछि कुटपिट भएको हो। घटनाको जानकारी पाएलगत्तै प्रहरी निरीक्षक गजेन्द्र नारायण रायको कमाण्डमा प्रहरी टोली … Read more

प्रधानमन्त्री कपका लागि मधेस प्रदेशको टोली घोषणा, अनिल साह कप्तान

बारा, चैत्र ६ गते । चैत ७ गतेदेखि सुरु हुने ‘प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता’का लागि मधेस प्रदेश क्रिकेट संघले १५ सदस्यीय टोली सार्वजनिक गरेको छ। टोलीको कप्तानी राष्ट्रिय टोलीका खेलाडी अनिल साहलाई दिइएको छ। संघका कोषाध्यक्ष सुवास जयसवालका अनुसार बारा, पर्सा र सप्तरीमा तीन चरणमा सञ्चालन गरिएको विशेष छनोट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गरेका … Read more

सिरहा अदालत अगाडि बम विस्फोट: एक जना पक्राउ, अनुसन्धान जारी

सिरहा, चैत्र ६ गते । सिरहा जिल्ला अदालत अगाडि रहेको बार एशोसिएसन कार्यालयमा कुकर बम विस्फोट भएको घटनामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सुखीपुर नगरपालिका–३ का गुमस्ता यादव रहेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी रमेशबहादुर पालका अनुसार घटनाबारे अहिले विस्तृत अनुसन्धान चलिरहेको छ। उनले अनुसन्धान पूरा भएपछि मात्रै थप … Read more

बारामा दुई वटा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन जना घाइते

जीतपुर, चैत्र ३ गते । सिम्रौनगढ नगरपालिका–५ मा सोमबार राति दुई भारतीय नम्बर प्लेटका मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्। सिम्रौनगढबाट कलैयातर्फ गइरहेका बीआर०५एए ८४४४ र बीआर३०भी ४६३७ नम्बरका मोटरसाइकल एकआपसमा जुध्दा दुर्घटना भएको हो। दुर्घटनामा ४६३७ नम्बरको मोटरसाइकलमा सवार ४५ वर्षीय सुरेन्द्र महतोको मृत्यु भएको प्रहरीले … Read more

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा दुईको ज्यान गयो, एक घाइते

सिरहा, फागुन १८ – सिरहाको गोलबजार नगरपालिका–३ जमनटोकी नजिक आइतबार राति बस र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। पूर्वतर्फ गइरहेको स ५ प ४७५९ नम्बरको मोटरसाइकल र धरानबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख १०८५ नम्बरको बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा धनगढीमाई … Read more

रौतहटमा शंकास्पद वस्तु फेला, सेनाको टोली परिचालन

रौतहट, फागुन १८- रौतहटको राजपुर नगरपालिका ३ को सडकछेउ शंकास्पद वस्तु फेला परेपछि स्थानीय क्षेत्रमा त्रास फैलिएको छ।।वडा नं ३ मा रहेको ग्रामीण सडक किनारमा बेवारिसे अवस्थामा रहेको शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सूचना प्राप्त हुनासाथ सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेको थियो । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै गौर पुरेनवास्थित नारायण दल गणबाट … Read more