बाराको जीतपुरमा खँसीको मासु भनेर बाख्राको मासु बेच्ने एक जना पक्राउ

बारा, मंसिर १५ गते । बाराको जीतपुरमा खँसीको मासु भनेर बाख्राको मासु बेच्ने एक जना पक्राउ परेका छन् । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा खसी भनेर बाख्रा बेचेर ठगि गर्ने एक जना पक्राउ परेका हुन् । स्थानिय मिश्री देवानले संचालन गरेको मुस्कान सप्लायर्स एण्ड फ्रेस हाउसमा प्रहरीले छापा हान्दा बाख्राको मासुमा खसीको अण्डकोष … Read more

डुमरवाना दुग्ध उत्पादक सहकारीको अधिवेशन सहितको २८औं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा पन्डित चयन

बारा, मंसिर १५ गते । डुमरवाना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड डुमरवानाको अधिवेशन सहितको २८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ स्थित रहेको डुमरवाना बहुमुखी क्याम्पसमा संस्थाको अधिवेशन सहितको साधारणसभा सम्पन्न भएको हो । डुमरवाना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड डुमरवानाका अध्यक्ष टिकाराम न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको २८औं साधारणसभाको … Read more

बाराको जीतपुरमा आगोमा जलेर एक महिलाको मृत्यु

बारा, मंसिर १५ गते । बारा जिल्लाको जीतपुरमा आगोमा जलेर एक जनाको मृत्यु भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको रामटोलमा आगोमा जलेर एक महिलाको मृत्यु भएको हो । स्थानिय राजेन्द्र गिरिको श्रीमति ५५ वर्षिय विन्दा देवीले बिहिबार बेलुका आफ्नै कोठा भित्र शरिरमा आगो लगाएकी थिन् । मानसिक अवास्था ठिक नभएकी गिरिले … Read more

विरगञ्ज, कलैया र जीतपुरसिमरा भित्रका निजि विद्यालयहरुले १० प्रतिशतलाई छात्रवृत्ति दिन उच्चको आदेश

बारा, मंसिर ११ गते । विरगञ्ज महानगरपालिका, कलैया उपमहानगरपालिका र जीतपुरसिमरा उपमहानगरपालिका भित्रका संस्थागत विद्यालयहरुले भर्नाको कुल संख्याको १० प्रतिशतलाई छात्रवृत्ति दिन अदालतले आदेश दिएको छ । उच्च अदालत जनकपुर अस्थायी इजलास विरगञ्जले यसतो फैसला सुनाएको हो । संघिय शिक्षा ऐन २०२८ को दफा १६ (ञ) तथा शिक्षा नियमावली २०५९ को नियम १५१ को अनुसार … Read more

स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

काठमाडौं, मंसिर ११- काठमाडौँ महानगरपालिका–१४ बल्खुबाट स्रोत नखुलेको रकम रु १५ लाख ८४ हजार पाँच सयसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ सतुङ्गल डेरा गरी बस्ने भारत मोतिहारी घर भएका २२ वर्षीय हामित खान रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो । उहाँका अनुसार … Read more

पूर्वराजाले पृथ्वी नारायण शाहको सालिक अनावरणपछि झापामा शक्ति प्रदर्शन

काठमाडौं, मंसिर ९- पृथ्वी नारायण शाहको सालिक अनावरण गर्ने पूर्वराजा ज्ञानेन्द्र शाह झापा पुगेका छन् । बिर्तामोड १ मा रहेको इकम कलेजको प्राङ्गणमा निर्माण भएको पृथ्वी नारायण शाहको सालिक अनावरण गर्ने पूर्वराजा ज्ञानेन्द्र झापा पुगेका हुन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सोही कार्यक्रमको तयारीका लागि एक डेढ सातादेखि त्यहाँ खटिएका छन् । आजको कार्यक्रममा ८ … Read more

काठमाडौँको एक ट्राभल कम्पनीको सिस्टम ह्याक गरेर २ करोड ठगी

काठमाण्डौँ, मङ्सिर ८- काठमाडौँको एक ट्राभल कम्पनीको सिस्टम ह्याक गरेर करिब २ करोड रुपैयाँ ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जा घर भई हाल सामाखुसी बस्ने ३३ वर्षीय नारायण सुवेदी रहेका छन् । मर्स्याङ्दी ट्राभल्सका म्यानेजर रहेका सुवेदीले कार्तिक १८ गतेदेखि मङ्सिर २ गतेको अवधिमा बालुवाटारमा रहेको जियोल्याण्ड ट्राभल्स एन्ड … Read more

बाराको पचरौतामा झन्डा मेलाको विषयमा झडप, प्रहरीद्वारा आठ राउन्ड हवाई फायर

बारा । बाराको पचरौता नगरपालिकामा झन्डा मेला लगाउने विषयमा झडप भएको छ । झडपलाई सामान्य बनाउन प्रहरीले आठ राउन्ड हवाई फायर समेत गरेको बुझिएको छ । पचरौता – ७ स्थित बेनौलीमा आयोजना हुन् लागेको झन्डा मेलाका क्रममा झडप भएको बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले जानकारी दिए । डिएसपी न्यौपानेका अनुसार … Read more

छोराको कुटपिटबाट आमाको मृत्यु

मनहरी, मङ्सिर ५- मकवानपुरको मनहरी गाउँपालिकामा सौतेनी छोराको कुटपिटबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका–५ डिल्लीपुर बस्ने डिलबहादुर चेपाङकी कान्छी श्रीमती ५० वर्षीय सन्तमाया चेपाङ रहेको मकवानपुरका प्रहरी नायब निरीक्षक एवं प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । मकवानपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भण्डारीका अनुसार सन्तमायालाई कात्तिक २७ … Read more

दार्चुलामा गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना

दार्चुला, कात्तिक ३०- नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जिप दुर्घटना भएको छ । नौगाड–२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं ३–०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड–३ बगडस्थित जामिरमा आज (बिहीबार) दिउँसो दुर्घटना भएको हो । जिप दुर्घटनामा चालक जयभान सिंह ठगुन्ना गम्भीर घाइते भएका छन् । ठगुन्नालाई थप उपचारका लागि धनगढी लगिएको हो … Read more