बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

चितवन,साउन २२- चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–११ का ३५ वर्षीय अनिल तामाङ रहेका छन् । चितवनको खैरहनी नगरपालिका वडा नं १२ सहनपुरमा बाघको आक्रमणबाट आइतबार दिउँसो तामाङ मृत्यु भएको वडा नं १२ का वडाध्यक्ष केदार पन्तले जानकारी दिनुभयो । शव सहनपुरस्थित केरा घारीबाट निकालिएको र पोष्टमार्टमका लागि … Read more

मलङ्गवाको एक विद्यालयमा अपरिचित युवकको शव फेला

सर्लाही सर्लाहीमा बेवारिसे अवस्थामा एक युवकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार मलंगवा नगरपालिका–९ स्थित श्रीमती कृष्णदेवी माध्यमिक विद्यालयमा पहिचान नखुलेका अन्दाजी २२ वर्षीय युवकको शव फेला परेको हो । शनिबार विद्यालय बन्द भएको र आइतबार बिहान स्कुल पुगेका स्थानीयले विद्यालय भवनको बरन्डामा शव देखा परे पछि उनीहरुले प्रहरीलाई खबर गरेका … Read more

नेपाल सितोरियो कराँतेको जीतपुरसिमरा नगर कमिटी गठन, अध्यक्षमा मनोज साह चयन

बारा, श्रावण १९ गते । नेपाल सितोरियो कराँतेको जीतपुरसिमरा नगर कमिटि गठन भएको छ । मनोज कुमार साहको अध्यक्षतामा १३ सदस्यीय नगर कमिटी गठन भएको हो । शुक्रबार बाराको जीतपुरमा बारा जिल्ला खेलकुद विकास समितिका प्रशिक्षक सुनिलकुमार साहको अध्यक्षतामा बसेको बैठक जीतपुरसिमरा उपमहानगरपालिका स्तरीय नगर कमिटी गठन गरिएको हो । बैठकले नगरको अध्यक्षमा मनोज कुमार … Read more

नारायणी नदीमा हामफालेकी महिलाको मृत्यु

चितवन, साउन १८– नारायणी पुलबाट नदीमा हामफालेकी महिलाको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । अन्दाजी ४५ वर्षीय महिलालाई अचेत अवस्थामा प्रहरीले उद्धार गरेको थियो । चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितका अनुसार महिलाको बिहान ८ः३६ बजेको समयमा मृत्यु भएको हो । आज बिहान करिब ७ः४० बजेको समयमा भरतपुर महानगरपालिका–३ स्थित नारायणी नदीमा हामफालेकी … Read more

चितवनको माडीमा घाँघर खोला तर्दै गरेको बस बाढीले डुबायो, यात्रु सकुशल

चितवन,साउन १०- चितवन माडीको घाँघर खोला तर्दै गरेको बस बाढीमा डुबेको छ । माडी नगरपालिका ८ र ९ को सिमानामा पर्ने घाँघर खोला तर्दै गरेको ना ४ ख १९४७ नम्बरको बसलाई आज बाढीले डुबाएको हो । ठोरीतिरबाट बसन्तपुर माडीतिर आउँदै गरेका बेला बस खोलामा फसेको थियो । बसमा चालकसहित ३ जना थिए । उनीहरु सबै … Read more

बाराः घरायसी विवाद हुदा मियाँले गरे श्रीमतीको घाँटी रेटी हत्या

बारा, श्रावन १० गते । बाराको सिम्रौनगढमा एक व्यक्तिले घरायसी विवादका कारण आफ्नै श्रीमतीको हत्या गरेका छन् । भारतको विहारको पूर्व चम्पारण चिरैया थानाअन्तर्गत पर्ने रूपौलिया गाउँका २७ वर्षीय अमुरूल मियाँले सिम्रौनगढ – ६ निवासी श्रीमती २२ वर्षीय आस्मिन खातुनको धारिलो हतियारले घाँटी रेटी हत्या गरेका हुन् । मियाँ र खातुन बिच लामो समयदेखि घरायसी … Read more

बारामा प्रहरी ज्यादती विरुद्ध आन्दोलन चर्किंदो

 ५ श्रावण, बारा बारामा प्रहरी ज्यादती विरुद्ध आन्दोलन चर्किंदै गएको छ । जिल्लाको सदरमुकाम कलैयामा शुक्रबार भएको सर्वदलिय विरोध प्रर्दशनमाहजारौं सर्वसाधारणले सहभागिता जनाएका छन् । बारा प्रहरीले गत मंगलबार साँझ समाजसेवी एवं नेपाली काँग्रेसका जिल्ला सचिव भैयाराम यादवलाई घण्टौं नियन्त्रणमा राखेरअमानविय तवरले शारीरिक तथा मनसिक यातना दिएको विरोधमा प्रर्दशन भएको हो । यादव र नेकपा … Read more

बाराको जीतपुरमा खुलेयाम म्याद सकेका औषधी बेचिदै

श्रावन ५ गते । बारामा खुलेयाम तरिकाले म्याद सकेका औषधी बेचिदै छ । जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा म्याद सकेको औषधी बेचिएको पाइएको हो । जीतपुरस्थित रहेको जीतपुर पोलि क्लिनिकमा सेवाग्राहीलाई म्याद सकेको औषधी दिएपछि यो कुुरा बिहिरिएको हो । जीतपुरका एक जना ग्राहकले सो औषधी पसलमा मुभ नामक मल्हम किन्न जादा २ … Read more

थारू इन्डस्ट्रिको चर्चित कम्पनि बि एण्ड जी ईन्टरटेन्मेन्ट नेपालको कार्यालय सिमरामा स्थापना

बारा, असार ३१ गते । थारू ईन्डस्ट्रिको चर्चित म्युजिक एंव फिल्म कम्पनी बि एण्ड जी ईन्टरटेन्मेन्ट नेपालको कार्यालय बाराको सिमरामा स्थापना भएको छ । जी.वि. ईन्टरटेन्मेन्ट नेपाल प्रा.लीद्वारा संचालित वि एण्ड जी ईन्टरटेन्मेन्ट नेपाल थारू ईन्डस्ट्रिमा कम समयमा निकै अगाडी बढेको छ । करिब एक वर्ष पहिलाबाट संचालनमा आएको उक्त च्यालनले हाल सम्म ३० भन्दा … Read more

बाराः बढदो भ्रष्टाचार न्यूनीकरण र मानव अधिकारको संरक्षणमा सम्बन्धमा अन्तरकृया कार्यक्रम सम्पन्न

बारा, असार २९ गते । बढदो भ्रष्टाचार न्यूनीकरण र मानव अधिकारको संरक्षणमा हाम्रो भुकिका सम्बन्धमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ। बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित रहेको जीतपुरसिमरा नगरउधोग बाणिज्य संघको मुख्य भवनको सभाहलमा शुक्रबार मानव अधिकार एलाईन्स जिल्ला कार्य समिती बाराको आयोजनमा बढदो भ्रष्टाचार न्यूनीकरण र मानव अधिकारको संरक्षणमा हाम्रो भुकिका बारे अन्तरकृया … Read more