चितवनको गौतमबुद्ध रंगशाला बनाइदिन भारतसँग नेपाल सरकारको आग्रह,भारत सकारात्मक

चितवन,भदौ २- नेपालले चितवनको गौतमबुद्ध र धनगढीको फाप्ला क्रिकेट रंगशाला बनाइदिन भारत सरकारसँग प्रस्ताव गरेको छ । प्रधानमन्त्री पुष्पकमल दहाल भारत भ्रमणमा गएको समयमा यी दुई रंगशाला बनाउन सहयोग मागेकोमा भारतले प्रारम्भिक सहमती जनाएको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्दले बताएका छन्। गत जेठ १७ देखि २० गतेसम्म प्रधानमन्त्री दाहाल भारत भ्रमणमा गएका … Read more

बाराको जीतपुरमा खुल्यो टि.भि.एस मोटरसाईकलको आधिकारिक शोरूम

बारा, श्रावण ३२ गते बाराको जीतपुरसिमरा उपमहानगरपालिका वाडा नम्बर ७ जीतपुरमा टिभिएस मोटरसाईकलको शोरूमको स्थापना भएको छ । जीतपुरको स्वास्तिक ट्रेड एण्ड कन्सर्नले टिभिएसको अधिकारिक डिलर लिएर बिहिबार जीतपुरको पहाडीटोलमा शोरूमको समउद्घाटन सम्पन्न गरेको हो । जीतपुरमा टिभिएसको आधिकारिक विक्रेता स्वास्तिक ट्रेड एण्ड कन्सर्नले एक कार्यक्रम आयोजना गरेर शोरूमको उद्घाटन गरेको छ । जीतपुरसिमरा नगर … Read more

सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा

धनगढी,साउन ३२- सुदूरपश्चिम प्रदेश सरकारले भोलि शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । ओल्के पर्वको अवसरमा प्रदेश सरकारले भोलि शुक्रबार सार्वजनिक बिदा दिएको जनाएको छ । सुदूरपश्चिम प्रदेशमा भदौ १ गतेका दिन ओल्के पर्व मनाइँदै आएको छ । साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुशियालीमा सुदूरपश्चिमका पही जिल्लामा ओल्के पर्व मनाउने चलन छ। ओल्को भन्नाले … Read more

चितवनको टिकौली जंगलमा चार वटा सवारी साधन एक आपसमा ठोक्कियो

चितवन, साउन ३१- चितवनको टिकौली जंगलमा चार वटा सवारी साधन एक आपसमा ठोक्किएका छन् । बुधबार टिकौली जंगलमा शव बोकेको गाडी, अक्सफोर्ड कलेजको बस, मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किएका हुन् । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

चितवनको माडीमा सुनको कण, खोजतलासको काम के हुँदै छ ?

चितवन, साउन २७- नेपालमा सुनखानी पत्ता लगाउन सरकारले कार्यालय नै खोलेर अन्वेषण थालेको करिब सय वर्ष हुन लाग्यो । १९८६ सालमा नहर तथा जियोलजी अड्डा स्थापना गरी खानीको अन्वेषण र विकासको सुरुवात संस्थागत रूपमा गरिएको थियो । खानी विभागबाट २०१८ सालमा प्रकाशित ‘खानी र मानिस’ पुस्तक अनुसार, सुनको खोजतलासका लागि चितवनस्थित रिउ उपत्यकाको मरोडी खोलामा … Read more

जीतपुरसिमरा भित्र अवैध तरिकाले सरकारी सटर भाडामा

बारा, श्रावन २५ गते  । बाराको जीतपुरसिमरा भित्र अवैध तरिकाले सरकारी सटरहरु भाडामा लागेका छन् । उपमहानगरपालिका संग सस्तोमा सटर लिएर तेस्रो व्यक्तिलाई महंगोमा सटर भाडामा दिएको पाइएको हो । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा उपमहानगरपालिकाको अधिनमा रहेको १३४ वडा सटर मध्ये अधिकांश सटरहरु अवैध तरिकाले तेस्रो व्यक्तिलाई दिइएको छ । जीतपुरसिमरा उपमहानगरका अनुसार … Read more

सर्लाहीमा बाढीबाट दुई जनाको मृत्यु, ७२ जनाको उद्धार

मलंगवा, साउन २४- सर्लाहीमा भारी वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ । मङ्गलबार साँझ बाढीमा फसेका ७२ जनाको उद्धार गरिएको छ । सर्लाहीको बाँके खोलाले बगाउँदा हरिपुर्वा नगरपालिका–७ का ६० वर्षीय भोला चौधरीको मृत्यु भएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । चौधरी सोमबार रातिदेखि नै बेपत्ता थिए । उनको … Read more

मधेसः बाढीले बगाएर एक जनाको मृत्यु

जनकपुर मधेस प्रदेशको धनुषा जिल्लामा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । जिल्लाको मिथिला नगरपालिकास्थित बसहीखोलाले बगाउँदा नगरपालिका १ आनन्दपुर बस्ने १७ वर्षीय अजय कुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान १० बजे चिप्लिएर खोलामा खसेका उनलाई बाढीले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दीपक कार्कीले जानकारी दिए । स्थानीय … Read more

बर्षाका कारण काठमाडौं सिमराकाे उडानहरु प्रभावित

बारा, २३ साउन – रातीदेखि परेकाे पानीका कारण काठमाडौं सिमराकाे उडान सबै उडानहरु प्रभावित भएका छन् । सिमरा विमान स्थल बिहानैदेखि नखुलेकाे कारण काठमाडौंबाट कुनै हवाई जहाज उडेको छैन् । सिमराकाे धावन मार्गमै पानी जमेकाे कारण काठमाडौं सिमराकाे उडानहरु बिहानदेखि अवरुद्ध गरिएको नागरिक तथा उडायन कार्यालय श्रोतले जनाएको छ । बर्षाकाे कारण काठमाडौंबाट सिमराकाे लागि … Read more

बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

चितवन,साउन २२- चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–११ का ३५ वर्षीय अनिल तामाङ रहेका छन् । चितवनको खैरहनी नगरपालिका वडा नं १२ सहनपुरमा बाघको आक्रमणबाट आइतबार दिउँसो तामाङ मृत्यु भएको वडा नं १२ का वडाध्यक्ष केदार पन्तले जानकारी दिनुभयो । शव सहनपुरस्थित केरा घारीबाट निकालिएको र पोष्टमार्टमका लागि … Read more