जबरजस्ती करणी मुद्दामा जितपुरका शाह पक्राउ

बारा, जेष्ठ २१ गते । जबरजस्ती करणी मुद्दामा जितपुरका एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले जितपुरसिमरा ७ का दिपेन्द्र शाहलाई पक्राउ गरेको हो । सोही वडाका एक जना महिलालाई जबरजस्ती करणी गरेको आरोपमा शाहलाई नियन्त्रणमा लिईएको बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो । बोगटीका अनुसार पक्राउ … Read more

बिदा थप: जीतपुरसिमरा भित्रका सम्पुर्ण विद्यालय जेष्ठ २३ गते सम्मका लागि बन्द रहने

बारा, जेष्ठ २० गते । गर्मी नघटेपछी जीतपुरसिमरा उपमहानगरपालिकाले निजी तथा सामुदायिक विधालयलाई दिएको बिदामा दुई दिन थप गरेको छ । विधालय अब जेठ २४ गते खुल्नेछ । अत्याधिक गर्मी बढेपछी जीतपुरसिमरा उपमहानगरले आफ्नो उपमहानगर भित्रका सम्पुर्ण विद्यालय बन्द गर्न जेष्ठ १८ गते  निर्देशन दिएको थियो । उपमहानगरले जेष्ठ १८ गते देखी जेष्ठ २० गते … Read more

महोत्तरी: खेतमा सैजन काटेको विषयमा कुटपिट, एक जनाको मृत्यु

महोत्तरी, जेठ १८- महोत्तरीमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । झगडाका क्रममा कुटपिट हुँद महोत्तरीको गौशाला नगरपालिका-१० वटौवाका ५५ वर्षीया छविलाल मण्डलको मत्यु भएको हो । गत मंगलबार खेतमा सैजन (मुनुङ्गा) काटेको विषयमा छविलाल, स्थानीय २५ वर्षीय विशाल महतो र २५ वर्षीय दुर्गा मण्डलबीच विवाद भएको थियो । विवादका क्रममा कुटपिटबाट निधार र छातीमा … Read more

अत्याधिक गर्मी बढेपछी जीतपुरसिमरा भित्रका सम्पुर्ण विद्यालय जेष्ठ २० गते सम्मका लागि बन्द

बारा, जेष्ठ १७ गते । अत्याधिक गर्मी बढेपछी जीतपुरसिमरा उपमहानगरले आफ्नो उपमहानगर भित्रका सम्पुर्ण विद्यालय बन्द गर्ने निर्देशन दिएको छ । उपमहानगरले जेष्ठ १८ गते देखी जेष्ठ २० गते सम्म सम्पुर्ण विद्यालय बन्द गर्ने निर्देशन दिएको हो । अत्याधिक गर्मी बढेको कारण विद्यार्थीहरु कक्षा कोठामै बेहोस हुने थालेको गुनासो आएपछि बर्खे विदामा समायोजन हुनेगरि उपमहानगरले … Read more

अस्पतालको शौचालयभित्र एक पुरुष मृत फेला

विराटनगर, जेठ १७- विराटनगरको नोबेल अस्पतालको शौचालयभित्र एक जना युवक मृत भेटिएका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार मिक्लाजुङका ३३ वर्षीय पुरुष बुधबार बिहान अस्पतालको शौचालयभित्र झुन्डिएको अवस्थामा भेटिएका हुन् । ढोकाभित्रबाट बन्द गरी चुकुलको हेन्डिलमा झुन्डिएको अवस्थामा उक्त पुरुष मृत भेटिएका थिए । १३ वर्षीय छोरीलाई करणी गरेको आरोपमा प्रहरीले उनलाई … Read more

सिमराको निम्स अस्पताल बन्द गर्न उपमहानगरको निर्देशन

बारा, जेष्ठ १७ गते । जीतपुरसिमरा उपमहानगरपालिकाले सिमरास्थित निम्स अस्पताललाई स्वास्थ्य सेवा बन्द गर्न निर्देशन गरेको छ । अस्पताल संचालनका लागि मापदण्ड नपुगेको भन्दै उपमहानगरले उक्त अस्पताललाई स्वास्थ्य सेवा प्रवाह गर्न रोक लगाएको हो । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नविकरण सम्बन्धि नियमालवी अनुसार मापदण्ड पूरा गरेको नदेखिएको जनाउदै … Read more

एक्सनमा बालेन : विपन्नलाई निःशुल्क उपचार नगर्ने ६८ स्वास्थ्य संस्थालाई ७ दिने अल्टिमेटम

काठमाडौं, जेठ १७– काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले १० प्रतिशत विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा नदिने काठमाडौँ महानगरभित्र रहेका अस्पताल लगायत ६८ स्वास्थ्य संस्थालाई ७ दिने अल्टिमेटम दिएका छन् । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर उनले ती स्वास्थ्य संस्थाहरूको लिष्ट बुझाउँदै ७ दिनभित्र कारबाही गर्न माग गरेका छन् । अन्यथा महानगरपालिकाले ती स्वास्थ्य संस्थाको प्रशासन बन्द … Read more

चितवन: ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

चितवन, जेष्ठ १७ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ मार्तल पुल नजिक गए राति ट्रकले ठक्कर दिदाँ साइकलयात्रीको मृत्यु भएको छ । ट्रकको ठक्करबाट राप्ती–४ का ६५ वर्षीय हरि पाण्डेको ज्यान गएको हो । लोथरबाट नारायणगढतर्फ आउँदै गरेको बा.प्र.३–००१ख १८६३ नंको ट्रकले साइकलयात्री पाण्डेलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको उपचारका क्रममा … Read more

जीतपुरसिमरामा अघोषित लोडसेडिङ, पटकपटक विद्युत् काटिँदा नागरिकलाई सास्ती

बारा, जेष्ठ १७ गते । जीतपुरसिमरामा अघोषित रुपमा लोडसेडिङ हुन थालेपछि नागरिकले सास्ती झेल्नु परेको छ । पूर्वसूचना र तालिका बिना लोडसेडिङ हुन थालेपछि व्यवसायीसँगै सर्वसाधारण नागरिकले सास्ती झेल्नु परेको हो । विधुत् आउने र जाने हुदा विद्युतीय सामग्रीहरु बिग्रने सम्भावना पनि बढ्दै गएको छ । जीतपुरसिमरा सहति बारा र पर्सा जिल्ला भर पछिल्लो केही … Read more

चितवनको लोथरसम्म ल्याइने पेट्रोलियम पाइप लाइन परियोजनाको भारतमा शिलान्यास हुने

चितवन, जेठ १६- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा गएको बेला तीन वटा परियोजनाको शिलान्यास हुने भएको छ । भारतको सिलिगुडीदेखि झापा सम्मको पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको शिलान्यास भारतबाटै दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने परियोजनाको समेत शिलान्यास गर्ने तयारी … Read more