लागू औषध गाँजा सहित बाराको पथलैयाबाट ३ जना पक्राउ

बारा, फाल्गुन २० गते । बाराबाट लागू औषध गाँजा सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैयाबाट १२ किलोग्राम गाँजा सहित तिन जना पक्राउ परेका हुन् । हिजो शुक्रबार बिहान ६ बजेको समयमा पथलैया प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीलाई देखी अमलेखगंजबाट पथलैयातर्फ आउँदै गरेको ना २ ह ४९५० … Read more

बारामा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु

बारा, फागुन २० गत । बारामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर १४ मा मोटरसाइकल दुर्घटना हुदा हिजो शुक्रवार एकजनाको मृत्यु भएको हो । ना २ प ९७०५ नम्बरको मोटरसाइकलले ठक्कर दिदा कलैया-९ रामपुर बस्ने ३५ बर्षियको रहिम अंसारीको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाईकल चालक कलैया १४ … Read more

तराई यातायात व्यवसायी संघको १६औं वार्षिक साधारण सभा सम्पन्न

बारा, फाल्गुन १९ गते । तराई यातायात व्यवसायी संघको १६औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन सम्पन्न भएको छ । जीतपुरसिमरा २ स्थित संघको भवनमा साधारणसभा तथा अधिवेशन सम्पन्न भएको हो। साधारण सभा तथा अधिवेशनको उद्घाटन प्रतिनिधिसभा सदस्य एवम् पूर्व श्रममन्त्री कृष्णकुमार श्रेष्ठले उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै श्रेष्ठले यातायात व्यवसायीको पक्षमा आफ्नो … Read more

नेपाली सेनामा रोजगारीको अवसर, कुन पदमा कति खुल्यो ?

काठमाडौं, फागुन १९- नेपाली सेनाले विभिन्न पदमा खुला तथा समावेशी पदका लागि दरखास्त आह्वान गरेको छ । आज (शुक्रबार) एक सूचना प्रकाशित गर्दै जंगी अड्डा, भर्ना छनोट निर्देशनालयले विभिन्न भर्ती केन्द्रबाट दरखास्त दिने जानकारी दिएको हो । बन्दोबस्ती कार्य सिपाही, सूचिकार, सफाइकर्मी, चर्मकर्मी, लोहकार, केशकर्तक, माली र सयस पदमा भर्ना खुलेको नेपाली सेनाले जनाएको छ … Read more

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

बारा, १९ फागुन । आज साताको अन्तिम दिन सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यfवसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मूल्य तोलाको १०० रुपैयाँ घटेर तोलाको एक लाख २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख २ हजार रुपैयाँ कारोबार मूल्य तोकिएको छ । … Read more

हात्तीको आक्रमणबाट जीतपुरसिमरामा एक जनाको मृत्यु, स्थानीय त्रसित

बारा, फाल्गुन १७ गते । हात्तीको आक्रमणबाट जीतपुरसिमरा १६ टांगियाबस्तीमा बुधवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सन्तबहादुर दर्लामीको ४५ वर्षीय छोरा जापाङ दर्लामी रहेका छन् । दर्लामीलाई जंगल जाने क्रममा गाउँ नजिकै हात्तीले आक्रमण गरेको र घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष हरिदेव खरेलले जानकारी दिएका छन् । यता जंगली हात्तीको आक्रमणबाट दर्लामीको मृत्यु … Read more

अभिनेता पल शाहले उच्च अदालतबाट पाए सफाई, जेल मुक्त हुने

पोखरा, फागुन १४– अन्ततः बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि पलले गरेको पुनरावेदनमा उच्च अदालतले अभियोग दावी नपुग्ने ठहर गरेको हो । यो फैसलासँगै पल शाह एक वर्षपछि जेलमुक्त हुने भएका छन् । उच्च अदालत पोखराले आइतबार पुनरावेदन सुनुवाई गर्दै अभियोग दावी नपुग्ने … Read more

मधेश प्रदेशमा सरकारबाट एमाले हटाइने

जनकपुर,१४ फागुन । नेकपा एमालेको अग्रसरतामा गठन भएको सत्ता गठबन्धन ६१ दिनमा भत्किए लगतै मधेशको सत्ता गठबन्धनमा हलचत देखिएको छ । मधेश प्रदेश सरकारमा एमालेका ४ जना मन्त्री र १ जना राज्यमन्त्री छन् । मधेश प्रदेशका सभामुख पनि एमालेका रामचन्द्र मण्डल हुन् । मधेश प्रदेशमा सबै भन्दा ठूलो दल रहेको एमालेका २४ जना सभासदस्य रहेका … Read more

अमेरिकामा चिकित्सक र बिरामी बोकेको विमान दुर्घटना, ५ जनाको मृत्यु

अमेरिका, फागुन १४- अमेरिकाको पश्चिमी राज्य नेभाडामा चिकित्सक र बिरामी बोकेको एउटा विमान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । शुक्रबार क्यालिफोर्निया र नेभाडाको सिमानामा अवस्थित स्टेजकोच सहर पुगेपछि राडारबाट हराएको विमान दुर्घटना भएको मध्य लियोन काउन्टीको अग्नि नियन्त्रण कार्यालयलाई उद्धृत गर्दै क्षेत्रीय आपत्कालीन चिकित्सा सेवा प्राधिकरण (आरइएमएसए) ले आज जनाएको छ । दुर्घटनाग्रस्त … Read more

संविधानले नेपालमा राजा महाराजालाई ठाउँ दिएकौ छैन,ज्ञानेन्द्रको अभिव्यक्ति हाम्रो लागि चुनौतीः प्रचण्ड

काठमाडौं,फागुन १३- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिले गणतान्त्रिक मुलुकलाई अपमानित गरेको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले संविधानलाई अपमानित गर्नेगरी पूर्वराजा ज्ञानेन्द्र शाहले अभिव्यक्ति दिएको आरोप लगाए। उनले संविधानले राजा महाराजालाई कसैलाई ठाउँ नदिएको भन्दै पूर्वराजा शाहलाई स्मरण गराएका थिए। संविधानले नचिनेका धारा लागे अस्ती फागुन ७ गते। संविधानले कुनै राजा … Read more