बारा, असोज ६ गते ।
बारा जिल्लाको कोल्हबीमा एउटा जंगली हात्ती मृत भेटिएको छ । जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर २ भलुआईखोरमा धान खेतमा लगाइएको करेन्ट लागेर आइतबार बिहान हात्तीको मृत्यु भएको हो ।
बस्ती नजिकैको जंगलमा हात्ती मृत अवस्थामा देखेपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए । धानको खेतमा विद्युतीय तार लगाएर करेन्ट छोडिएको थियो । सुँडले तारमा छुँदा करेन्ट लागेर हात्तीको मृत्यु भएको कोल्हबी सब डिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिमले जानकारी दिए ।




