- एस.एस. पटेल, बारा ।
रक्तदान जिवनदान हो भन्ने मुल नाराका साथ बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा बृहत् रक्तदान कार्यक्रम आयोजना हुने भएको छ ।
जीतपुर स्थित रहेको स्वाती मिडिया प्रा.ली.ले आफ्नो वार्षिक उत्सवको अवसरमा जीतपुरको स्वास्थय चौकीको परिषरमा रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको हो ।
स्वाती मिडिया प्रा.ली.को वार्षिक उत्सवका साथै सोही संस्थाका अध्यक्ष अनिल तिवारीको जन्मदिन समेत परेको उक्त दिनमा रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको छ ।
रक्तदान कार्यक्रम जीतपुरको स्वास्थ्य चौकी परिषरमा भाद्र २७ गते आईतबार बिहान ७ बजे देखी आयोजना हुने अध्यक्ष अनिल तिवारीले बताउनु भयो ।




