छोराको जन्मोत्सवमा संचारकर्मी तिवारीद्वारा स्कुलमा शैक्षिक सामाग्री वितरण

  • एस.एस. पटेल, बारा ।

बाराका एक संचारकर्मी आफ्नो छोराको जन्मोत्सवको दिन स्कुलमा शैक्षिक सामाग्री वितरण गरेका छन् । बाराका संचारकर्मी एपि खबर डट कमका संचालक अनिल तिवारीले आफ्नो छोराको जन्मदिनमा स्कुलमा शैक्षिक सामाग्री वितरण गर्नुभएको हो । उंहा रेडियो समर्पण ९८.२ मेगाहर्जका कार्याकारी निर्देशक पनि हुन ।

तिवारीले आफ्नो छोराको आज भाद्र ३० गते परेक‍ो जन्मदिनमा पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका वडा नम्बर ३२ स्थित रहेको श्री दलित मुक्ति आधारभूत विद्यालयमा कक्षा ५ सम्मका विद्यार्थीहरूलाई कपि, पेन्सिल, कटर, ईरेजर, पेन लगायतको सामाग्री वितरण गर्नुभएको हो ।

तिवारीले आफ्नो छोरा रामअनुज तिवारीको दोस्रो जन्मोत्सवको अवसरमा स्कुलको बालबालिकालाई शैक्षिक सामाग्री वितरण गर्दै यसरीनै स्कुललाई थप सहयोग गरिरहने प्रतिबद्धता गर्नुभएको छ । उंहाले यहि भाद्र २७ गते आफ्नो जन्मदिनको अवसरमा जीतपुरमा बृहत् रक्तदान कार्यक्रमको पनि आयोजना गर्नुभएको थियो ।