अदालतको आदेशको धज्जी उडाउँदै जीतपुरको ऐलानी जग्गामा मार्केट बन्दै, सम्बन्धित निकाय मौन

  • एस.एस.पटेल, बारा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर–७, मा ऐलानी जग्गा कब्जा गरि मार्केट बनाईदै छ । पैनी (कुलो) को जग्गा हड्पेर विरगञ्ज घर भइकी सरोज देवी क्यालले मार्केत बनाउदै छिन् । यश विषय कुनै सम्बन्धि निकायले कडा कदम उठाएको छैन ।

करिब दुई वर्ष पहिले सरोज देवी क्यालले विवादित जग्गामा मार्के बनाउने क्रममा स्थानीयहरुले विरोध गरेका थिए तर क्यालले पैनिको ऐलानि जग्गा छोड्न नमाने पछि स्थानीयहरुले स्थानीय निकायमा उजुरी समेत हालेका थिए । स्थानीय निकायमा उजुरी हाले पनि स्थानिय निकायले उक्त विवाविद जग्गा माथी चासो नदेखाए पछि स्थानियहरुले जिल्ला अदालत बारामा सार्वजनिक जग्गा कब्जा गरेको भन्दै मुद्दा दायर गराएका थिए । मुद्दा दायर भए पछि अदालतले विवादित जग्गामा कुनै किसिमको भौतिक संरचना नबनाउन आदेश दिए पनि क्यालद्वारा अदालतको आदेशलाई नजरअन्दाज गर्दै भवन निर्माण कार्य जारी राखी अहिले दुई तल्ला भवन निर्माण सम्पन्न गरि तेस्रो तल्लाको ढलान गर्ने काम भईरहेको छ ।

पहिलो तल्लाको काम भईरहदानै स्थानियहरू यसको विरोध गरेका थिए तर कुने निकायले चासो नदेखाउदा घर निर्माणको काम रोकिएको छैन । यता अदालतको रोका पत्र पनि पेपरमा मात्र सिमित छ । अदालतको रोका पत्र स्थानिय प्रशासनलाई पठाउदा पनी प्रशासनले कार्वाही गर्दैन । हाल जीतपुरमा नंया प्रहरी नयाव निरीक्षक रोशन अधिकारी आए पछि चासो देखाउन शुरू गर्नु भएको छ ।करिब २ वर्ष पहिला वादी शम्भु प्रसाद साहले सार्वजनिक जग्गा कब्जा गरेको भन्दै प्रतिवादी सरोज देवी क्याल माथि मुद्दा दायर गरेका थिए । मुद्दा दायर भए पछि अदालतको विवादीत जग्गामा भवन नबनाउने आदेशलाई पालना नगरेको भन्दै पुनः शम्भु प्रसाद साहले अदालतको अवहेलना गरेको भन्दै सरोज देवी क्याल माथी दोस्रो मुदा दायर गराएका थिए । अहिले क्याल माथि सार्वजनिक जग्गा कब्जा गरेको र अदालतको आदेशलाई अवहेलना गरेको भन्दै दुइ वटा मुदा चलिरहेको छ ।

विवादीत जग्गालाई प्रष्ट पार्न र नापी गर्न जिल्ला अदालतले सरकारी अमिन समेत पठाएको थियो । अदालतले पठाएको सरकारी अमिनले नापी गर्दा प्रतिवादी सरोज देवी क्यालको किता नम्बर ३०० को जग्गामा पैनि (कुलो) को किता नम्बरको ९९ को पनि करिब ५ फिट जग्गा बढि कब्जा गरि क्यालले भवन बनाएको खुलेको थियो । प्रतिवादी सरोज देवी क्यालको घरको चौडाई नक्शा अनुसार २६ फिट हुनु पर्ने हो तर सरकारी अमिनले नापि गर्दा क्यालले ३१.६ फिटमा आफ्नो भवन बनाएको देखीएको थियो।

क्यालद्धारा ५ फिट पैनीको जग्गालाई कब्जा गरेको कारण उँहाको जग्गाको चौडाई बढेको स्थानीयहरुले बताएका छन् । वादि शम्भु प्रसाद साहका अनुसार प्रतिवादि सरोज देवि क्याल बाहेक उक्त क्षेत्रका करिब बसै व्यक्तिले पैनि (कुलो) को जग्गा छोडेल घर बनाएका छन् ।

अदालतले पठाएको सरकारि नमिनद्वारा विवादित जग्गाको वादी, प्रतिवादि, जीतपुरको अगुवा नेता, प्रहरी प्रसाशन लगायत स्थानिहरूको रोहबरमा नापी सम्मन्न गरिएको थियो ।