वीरगञ्जको एक पोखरीमा डुबेर दुई बालकको मृत्यु

  • एस.एस. पटेल, असोज ३ गते ।

पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली स्थित रहेको एक पोखरीमा डुबेर दुईजना बालकको मृत्यु भएको छ ।

सोही महानगरपालिका वडा नम्बर १५ निवासी उमेश शाहका १३ वर्षीय छोरा प्रितम गुप्ता र दिनेश शाहका १७ वर्षीय छोरा आशिष कुमार शाहको पोखरीमा डुबेर मृत्यु भएको हो । उमेश र दिनेश दुबै भाइ हुन ।

परिवारका अनुसार हिजो शनिबार दिउँसो दुबै बालक घरबाट हराएका थिए । बालक हराएको भनी आफन्तले प्रहरीमा खबर गरेपछि प्रहरी र स्थानियद्वारा खोजतलास गर्ने क्रममा दुबै बालकको शव पोखरीमा फेला परेको पर्सा प्रहरीले जानकारी दिएको छ।