- एस. एस. पटेल, बारा ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । जीतपुरको लक्ष्मी टोल घर भएका ३७ वर्षीय सबुर्दिन अन्सारीको आज बिहिवार बिहान करेन्ट लागेर मृत्यु भएको हो ।
करेन्ट लागेर घाइते भएका अन्सारीलाई उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय जितपुरका प्रमुख प्रहरी नायव निरीक्षक रोशन अधिकारीले जानकारी दिनु भयो ।
मोटरबाट पानी हाल्ने भनेर मोटर चलाउने क्रममा अन्सारीलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।




