एस.एस. पटेल, बारा, जेठ २७ गते ।
बाराको बकुलियामा संचालन भैरहेको छैठौँ बकुलिया भवानीपुर गोल्ड कप २०८२ मा आयोजक जन कल्याणकारी क्लब विजयी भएको छ । अलटोकील क्लब चन्द्रपुरलाई स्तब्ध पार्दै आयोजक प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको हो ।
अलटोकील क्लब चन्द्रपुरलाई स्तब्ध पार्दै सेमिफाईनलको यात्रा तय गर्ने क्रममा आयोजकले ३–२ को जीत निकालेको थियो । आयोजक जन कल्याणकारी क्लबको जीतमा जर्सि नम्बर १२ का खेलाडी कपतान चतुर्धन चौधरीले व्यक्तिगत २ गोल गरेका थिए भने जर्सि नम्बर १३ का खेलाडी शिसान्त थापाले पेनाल्टिलाई गोलमा परिनत गरेका थिए ।
चन्द्रपुरको तर्फबाट जर्सि नं. १० का खेलाडी राजकुमार लामा र जर्सि नम्बर ११ का खेलाडी अभिनास वाइवाले समान १-१ गोल गरेका थिए ।
खेलको पहिलो हाप सम्म गोलरहित बराबरीमा रहेको प्रतियोगितामा दोस्रो हापको सुरूवाति समयमा अलटोकील क्लब चन्द्रपुरले पहिलो गोल गर्दै अग्रता कायम गरेको थियो । चन्द्रपुरले अग्रता लिएको केहि मिनेटमै आयोजकले पेनाल्टि मार्फत खेल बराबरीमा पुगाएको थियो । त्यसलगतै आयोजकले पन: गोल गर्दै प्रतियोगितामा अग्रता लिएको थियो ।
प्रतियोगिताको अन्तिम समयमा चन्द्रपुरले पुन गोल फर्काउदै खेललाई बराबरीमा ल्याउन सफल भएको थियो । अन्तिम समयमा खेलमा आयोजकको तर्फबाट कप्तानले निकै रोचक गोल गर्दै क्लबलाई अग्राता दिलाएका थिए । उनको सोही गोल प्रतियोगिताको निर्णायक बन्यो ।
जन जनकल्याकारी क्लब बकुलिया भवानीपुरको आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ स्थित रहेको बकुलिया भवानीपुर फिल्डमा भएको खेलको मेन अफ दि म्याच आयोजकका क्याप्टेन चतुर्धन चौधरी घोषित भए । मेन अफ दि म्याचको पुरस्कार स्वरुप उनले रु २१ सय नगद र सिल्ड प्राप्त गरे ।



