श्री ने.रा. नमुना मावि बकुलियामा छात्रवृति रकम वितरण

बारा, असार ०४ गते ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ बकुलिया भवानीपुर स्थित रहेको श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयले विद्यार्थीहरूलाई छात्रवृति रकम वितरण गरेको छ ।

श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक धनन्जय गौतमका अनुसार कक्षा १ देखि ५ सम्म पढ्ने सम्पुर्ण छात्राहरू र दलित छात्रहरूको लागि रू ४०० को दरले आएको छात्रवृति रकम वितरण गरिएको हो ।

आज वितरण गरिएको प्रति विद्यार्थी रू ४०० रकम छात्रवृति वर्षमा १ चोटि छात्रा र दलितछात्रको लागि मात्र आउने गरेको स्कुलका प्रधानाध्यापक धनन्जय गौतमले बताउनु भयो ।

बुधवार स्कुलमा एक औंपचारिक कार्यक्रमको आयोजना गरि जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष एवं सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र चौधरीको प्रमुख आतिथ्यतामा छात्रावृति रकम वितरण गरिएको थियो ।

कार्यक्रममा स्कुलका व्यवस्थापन समितिका सदस्यहरू, स्कुलका शिक्षक लगायत विद्यार्थीको अभिभावकहरूको उपस्थिति रहेको थियो ।