बारामा बाघको आक्रमणबाट एकको मृत्यु

बारा, असार ४ गते ।

बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्जमा बाघको आक्रमणबाट स्थानीय ५० वर्षीय चन्द्रबहादुर ब्लोन मृत्यु भएको हो ।

ब्लोनको शव दक्षिणकाली सामुदायिक वन क्षेत्रको जंगलमा आज बुधबार बिहान क्षतविक्षत अवस्थामा फेला परेको हो । ब्लोन मंगलबार दिउँसो बाख्रा चराउन जंगल गएका थिए । जंगलबाट नफर्किएपछी उनको खोजी भइरहेको थियो । जंगलमा खोज्दै जाने क्रममा बाघले खाइरहेकै अवस्थामा शव फेला परेको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष सुवास श्रेष्ठले बताउनु भयो ।

अविवाहित ब्लोन लामो समयदेखि आफ्नो दिदीभिनाजुको घरमा बस्दै आएका थिए।