- एस.एस. पटेल, बारा ।
बाराको औराहास्थित रहेको घण्टीमाई बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ९ औ बार्षिक साधारण सभा आज शनिबार सम्पन्न भएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ स्थित औराहामा साकोसको आफ्नै नँया भवनको सभाहलमा साधरण सभा सम्पन्न भएको हो ।
संस्थाकी अध्यक्ष कोपिला सिम्खडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा.कृष्ण पौडेल प्रमुख अथिति रहनु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिति रहनु भएको नगर प्रमुख पौडेलले सहकारी संस्थाका सेयर सदस्यहरूलाई एउटै संस्थामा आबद्ध रहनु पर्नु भन्दै यस्ले सेयर सदस्य र संस्था दुबैलाई फाईदा हुने बताउनु भएको थियो । साथै बैंक जस्तै सहकारी संस्थाहरू पनि मर्ज गरि सहकारी संस्थाको संख्या घटाउनु पर्ने धारणा ब्यक्त गर्नुभएको थियो ।
साधारण सभालाई सम्बोधन गर्दै बिशिष्ट अतिथि रहनुभएकि जितपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख सरस्वतिदेखी चौधरीले संस्थाले भत्ता स्वरुप दिदै आएको रकमको बद्लामा आफ्ना सेयर सदस्यहरुलाई बिमा गराएको निर्णयप्रति खुसि ब्यक्त गर्नुभयो । यस संस्थाको सल्लाहकार समेत रहनुभएकि उपमेयरले हालसम्म संस्थामा पदका लागि कुनैपनि बिवाद नभएको र महिला नेतृत्वप्रति सबै संचालक समिति सन्तुष्ट रहेको पनि स्पष्ट पार्नुभयो ।
संस्थाकि अध्यक्ष कोपिला सिम्खडाले आफ्नो कार्यकालमा संस्था अगाडि बढाउन सहयोग गर्ने आफ्ना सम्पुर्ण सयेर सदस्य तथा सहकारी संचालक समितिलाई धन्यवाद ज्ञापन गुर्नभएको छ । साथै उहाले आफ्ना सेयर सदस्यहरुलाई जिवनमा उपयोग हुने किसिमका तालिमहरु पनि छिटै संचालनमा ल्याउने प्रतिबद्धता जनाउनुभएको छ ।
कार्यक्रममा बारा जिल्ल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षय सत्यन्द्र ठाकुर, बिभिन्न संघसंस्थाका प्रतिनिधि लगायत सेयर सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उत्कृष्ट सहकारी पत्रकारीता पुरस्कार बिदुर खड्का ,कर्मचारी तर्फ अस्मिता शर्मा,उत्कृष्ट ब्यवसायिक कृषक ऋणी बिराज चौधरी, उत्कृष्ट बचतकर्ता मुस्लाम खातुन,यादुमाया सोडारी लगायतलाई सम्मान पत्र र नगद सहित सम्मान गरीएको थियो । संस्थामा हाल १६ करोड भन्दा बढीको पुजि तथा दायित्व रहेको र संस्थामा ६० लाख बराबरको खुद नाफा भएको लेखा समितिका संयोजक डम्मर खड्काले बताउनुभयो ।



