जीतपुरसिमरामा पनि स्वास्थ्य बीमा कार्यक्रम सुरू

  • एस.एस. पटेल, बारा ।

बाराको जितपुरसिमरा उपमहानगरपालिकामा आजबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ । उपमहानगरका नगर उपप्रमुख सरस्वाती चौधरीले आफ्नै स्वास्थ्य बीमा गराई नगरमा कार्यक्रममा सुभारम्भ गर्नुभएको हो ।

नेपाल सरकारको स्वास्थ्य बीमा वोर्डले स्वास्थ्य बिमा कार्यक्रम सुरुगरेको लामो समय भईसक्दा पनि जीतपुरसिमरा उपमहानगरमा यो कार्यक्रम सुरु हुन सकेको थिएन । लामो समय पछि यस उपमहानगर र स्वास्थ्य बीमा बोर्डको समन्वय पश्चात आज आईतबारदेखी स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ ।

स्वास्थ्य बीमाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै जितपुरसिमरा उपमहानगरपालिकाकि उपमेयर सरस्वति चौधरीले धेरै लामो समयको प्रयास पछि उपमहानगरपालिकाले यस स्वास्थ्य बीमा कार्यक्रम संचालनमा ल्याउन सफल भएको  बताउनुभयो । स्वास्थ्य बिमा कार्यक्रमले आर्थिक अवस्था कमजोर भएर उपचार गर्नबाट बञ्चित भएर बस्नुपरेको गरीब परिवारहरुका सदस्यलाई पनि उपचार गर्न मद्दत पुग्ने उपमेयर चौधरीले बिश्वास ब्यक्त गर्नुभयो ।

यता बीमा दर्ता सहयोगीहरूलाई स्वास्थ्य बीमा बोर्डले पठाउने मोबाईल भाने सहयोगीहरूको साथमा आएको छैन । स्वास्थ्य बीमा बोर्ड बाराको अनुसार मोबाईल आउन अझ केही समय लाग्ने ‍भएकोले बीमा दर्ता सहयोगीहरूलाई आफ्नो मोबाईलबाट काम गर्न अनुरोध गरेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख सरस्वती चौधरीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा , सोही उपमहानगरका प्रसाशकिय अधिकृत, स्वास्थ विमा बोर्ड बाराका प्रमुख, स्वास्थ्य शाखा जीतपुरसिमराका प्रमुख लगायतको उपस्थिती रहेको थियो ।

केहो स्वास्थ्य बीमा? जान्नुहोस् ।

यश बीमा कार्यक्रम मार्फत् पाँच जनासम्मको परिवारको रु तीन हजार ५०० बुझाएपछि त्यस घरमा रहेका सदस्यले रु एक लाख बराबरको औषधि उपचार सरकारले तोकेको अस्पतालमा निःशुल्क उपचार गर्न पाइन्छ।

पाँच जनाभन्दा बढी सदस्य भएपछि प्रतिसदस्यका दरले रु ७०० बुझाउनु पर्दछ। पाँच जनाभन्दा बढी सदस्यले प्रतिसदस्य रु २० हजारदेखि दुई लाखसम्म निःशुल्क उपचार गर्न पाउने व्यवस्था छ।

बोर्डले बीमा कार्यक्रमका लागि देशभरिका सरकारी र निजी गरी करिब ४०० सय भन्दा बढी अस्पताललाई सूचीकृत गरेको छ। ती अस्पतालमा उपचार बीमा लागू गरेका परिवारका सदस्यले रु एक लाख सम्मको निःशुल्क उपचार गराउन पाउने छन्।

कहाँ बाट गराउने स्वास्थ्य बीमा?
स्वास्थ्य बीमाको लागि हरेक वडामा एक जना बीमा सहयोगी छनौट गरि राखिएको छ । बीमा सहयोगी घरघरमा गएर सम्मेत बीमा गर्ने छन् साथै तपाई आफ्नो वडा कार्यालयमा सम्मेत गई बीमा दर्ता सहयोगीलाई भेटेर बीमा गराउन सक्नुहुुने छ ।