शुरू भयो दशैँ (नवरात्रि): जीतपुरमा धुमधामका साथ मनाईदै

एस.एस. पटेल, बारा

हिन्दुहरूको महान पर्व बडा दशैँ बिहिवार बाट शुरू भएको छ । हिन्दुहरूले हरेक वर्ष दशैँलाई धुमधामका साथ मनाउने गर्छन तर विगतका १ वर्ष कोरोनाको महामारीको कारण दशैँ खासै धमधामका साथ भएको थिएन यसपालि कोरोनाको केस न्यून रहेको कारण दशैँ अर्थान नवरात्री धुमधामका साथ मनाईदै छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुरमा पनि दशैँ अर्थात नवरात्रीमा माँ:दुर्गा भवानिको पुजा भईरहेको छ । श्री दुर्गा पुजा समिति जीतपुरका अध्यक्ष सन्तोस साहका अनुसार पछिलो वर्षको तुलनामा यसपालि माँ दुर्गाको पुजा धुमधामका साथ भैरहेको छ ।

तराई भेगमा बडा दशैँलाई नवरात्रि भनेर पनि भनिन्छ, दशैँ शुरूभएको पहिलो दिन घटस्थापना गरि माँ:दुर्गाको पुजा शुरू गरि नौँ दिन सम्म फलहारि व्रत समेत बसेर माँ: दुर्गाको पुजा गरिन्छ।

जीतपुरमा आज घटस्थापनाको दिन जीतपुरबाट करिब ४ किलोमिटरको पैदल यात्रा गरि भक्तहरू जल भरि पुन पुजा स्थल फर्किएका थिए ।