- एस.एस. पटेल, बारा ।
राष्ट्रिय एकता अभियान जीतपुरद्वारा विजया दशमीको शुभकमना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ। हिन्दुहरूको महानपर्व बडा दशैँको अवसरमा जीतपुर कार्यसमितिले शुभकामना आदान प्रदान गरेको हो।
राष्ट्रिय एकता अभियान जीतपुरसिमराका संयोजक सुधिर गुप्ताको अध्यक्षतामा सम्पन्न सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय एकता अभियानका संयोजक विनय कुमार यादव प्रमुख अतिथि रहनु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि यादवले देशलाई जोड्ने एक मात्र धर्म हिन्दु धर्म रहेको बताउनु भएको थियो । राजनितीक दलहरूले हिन्दु धर्मलाई उजागर गर्नुपर्ने पनि उहाँले धारणा व्यक्त गर्नु भयो ।
सम्पन्न कार्यक्रममा जीतपुरका अजित सिंह, राजा गिरि, शिवजी सोनार, विनोद जैश्वाल, छोटेलाल यादव, खेलु गुप्ता, राजु गिरि, विभा देवी, मुन्नी पाठक, बिकास गुप्ता, सचिन श्रीवास्तव लयातको उपस्थिति रहेको थियो भने कार्यक्रमको उद्घोषण स्वामी मुकुन्दले गर्नुभएको थियो ।



