युवाहरू द्वारा जीतपुरको छठघाटहरूको सरसफाइ

  • एस.एस. पटेल, बारा ।

युवाहरूद्वारा जीतपुरमा छठघाटहरूक‍ो सरसफाइ गरिएको छ । जीतपुरका युवा नेता मनोज कुमार साहको नेत्रित्वमा जीतपुरका युवाहरू जीतपुर स्थित रहेको सम्पुर्ण छठघाटहरूको सरसफाइ गरिएको थियो ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको सम्पुर्ण छठघाटको सरसफाइ गर्दै युवाहरूले आफुहरू सान्तिको सन्देश दिएको बताएका थिए ।

युवाहरूका अनुसार आज आफुहरू सरसफाइ गर्दा अगामि दिनमा जीतपुरका सम्पुर्ण समाज एक साथ मिलेर यस्ता किसिमका काम गर्रे आशा राखेका छन् ।

युवाहरू संगै सरसफाइ कार्यक्रममा ईलाका प्रहरी कार्यालय जीतपुर र सशस्त्र प्रहरी बल नेपाल बकुलियाले सहयोग गरेको थियो ।