जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर-७ का वडा अध्यक्ष तथा समाज सेवि रामबाबु गुप्ताले छड पर्वका ब्रतालुहरुलाई छठ समाग्री वितरण गर्नुभएको छ । विगत १४ वर्षदेखि छठ पर्व गर्ने गरिब तथा असहाय परिवारलाई सहयोग गर्दै आउनुभएका वडा अध्यक्ष गुप्ताले यस वर्षपनि यस सहयोग कार्यलाई निरन्तरता दिनुभएको हो ।
वडा अध्यक्ष गुप्ताले एक अनौपचारिक कार्यक्रमको आयोजना गर्दै जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर, वडा नम्बर ५ बकुलिया, वडा नम्बर ८ रमौली लोसन्डाका अतिविपन्न परिवारलाई छठको पर्व गर्न यो सहयोग गर्नुभएको हो ।
छठ व्रतालुहरुका लागि छठको समाग्रि र नगद सहयोग गरेको वडा अध्यक्ष गुप्ताले जानकारी दिनुभयो । उहाँले प्रत्येक वर्ष झै यस वर्षपनि करिब एक सय भन्दा बढि ब्रतालुलाई सहयोग गरेको जानकारी दिदै आउदो वर्षमापनि आफुले यस कार्यलाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।




