जीतपुरसिमरा उ.म.न.पा द्वारा अपाङ्गता दिवसको अवसरमा अपाङ्ग सहायक सामाग्री वितरण

  • एस.एस. पटेल, बारा ।

३०औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा जीतपुरसिमरा उपमहानगरपालिकाले अपाङ्गहरूलाई अपाङ्ग सहायत सामाग्री वितरण गरेको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयले एक कार्यक्रमको आयोना गरि अपाङ्गहरूको पहिचान गरि उनिहरूलाई आवस्यक परेको सामान व्हीलचेयर , सेतो छडी , वाल्केस , बैसाखी लगायतको अपाङ्ग सहायक सामाग्री वितरण गरिएको हो ।

नगरले आफ्न‍ो हरेक वडालाई आफ्नो वडाको अपाङ्गलाई पहिचान गरि अपाङ्गको वर्ग छुट्याई उस्लाई आवस्यक परेको अपाङ्ग सहायक सामानको नाम खुलाई वडाको सिफारिसको आधारमा सामानहरू वितरण गरिएको नगरले जनाएको छ ।

आज शुक्रबार अपाङ्ग दिवसको अवसरमा नगरले व्हीलचेयर १७ पिस , सेतो छडी २ पिस , वाल्केस् १ पिस , बैसाखी १ पिस वितरण गरेको छ भने थप आवस्यक परेको अपाङ्गहरूलाई आफ्नो अपाङ्गता परिचयपत्र, नागरिकता र वडाको सिफारिस सहित नगरमा गई अपाङ्ग सहायक सामाग्री लिन सक्ने छन् ।