- एस.एस.पटेल, बारा ।
घरबाट शुरू गरौ, महिला हिंसा अन्त्य गरौ भन्ने राष्ट्रिय नारा सहित बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले लैङिक हिंसा विरूद्ध सडक नाटक कार्यक्रम शुरू गरेको छ । हाल लैङिक हिंसा विरूद्धको १६ दिने अभियानमा जीतपुरसिमरा उपमहानगर लागेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नै कार्यालयबाट लैङिक हिंसा विरूद्धको १६ दिने अभियान शुरू गरेको थियो । जस अन्तर्गत नगरले पहिलो दिन लैङिक हिंसा विरूद्ध हस्ताक्षर अभियान चलाएको थियो । हस्ताक्षर अभियान संग सँगै नगरले अब आफ्नो वडाहरूमा सडक नाटक कार्यक्रमको आयोजना गरि लैङ्गिक हिंसा विरूद्ध जनचेतना फैलाईरहेको छ ।
जीतपुरसिमरा उपमहानगरको महिला तथा बालविकास शाखाका प्रमुख सिमा यादवको अनुसार नगरले बाराको उत्कृष्ट सडक नाटक प्रस्तुत गर्ने गढिमाई नाटक मञ्चको टोलिलाई बोलाएर सडक नाटक प्रस्तुत गरिदै छ । सडक नाटकमा बाल विवाह, दाईजो र विवाह पछि घरमा हुने हिंसालाई देखाईएको थियो ।
नाटक प्रस्तुत गर्ने कलाकारहरूले समेत लैङिक हिंसा सम्बन्धि कुनै घटना हुदा सम्बन्धित निकाय र प्रहरीमा खबर गर्न नाटक हेर्ने दर्शकहरूलाई अनुरोध गरेका थिए ।



