- एस.एस. पटेल, बारा ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७,५ र ८ मा फईलिएको शिव शक्ति घ्यु उद्योगको लापरबाहीले एक बालक घाईते भएका छन् । उद्योगले फालेको छाईमा बालक जलेर घाईते भएका हुन ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ का जितेन्द्र पास्वानका ३ वर्षिय छोरा करण पास्वान शिव शक्ति घ्यु उद्योगले अबैध ढंगले फालेको छाईमा जलेर घाईते भएका हुन् । उद्योगले अबैध ढंगले आफ्नो कम्पनीबाट निस्केको छाई खुला मैदानमा फाल्ने गरेको छ ।
गाउँका बच्चाहरू खेल्ने जाने क्रममा घट्दा हुने गरेको स्थानीयहरूको भनाई छ । स्थानियहरूले कम्पनीलाई आफ्नो छाईलाई सुरक्षित ठाउँमा फाल्न पहल गर्दा पनि कम्पनीले ध्यान दिएको छैन । यश प्रति सम्बन्धित वडा र निकाय पुर्णरूपले मौन बसि तामासा हेरिरहेका छ ।
यश अघि पनि सोही छाईमा अन्य अरू बच्चा पनि जलेर घाईते भएका छन् भने स्थानीयको मालजाल समेत जल्ने गरेको स्थानियहरूले बताएका छन् ।



