रैन्बो युनाइटेड क्लबद्वारा रक्तदान कार्यक्रम सम्पन्न, ४ महिला सहित ५० जनाले गरे रगत दान

  • एस.एस. पटेल, बारा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ मा आयोजना भएको रक्तदान कार्यक्रममा ५० जनाले रगत दान गरेका छन् । सोही ठाँउको रैन्बो युनाइटेड क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

रैन्बो युनाइटेड क्लबले आयोजना गरेको कार्यक्रमलाई नेपाल राष्ट्रिय आधारभुत विद्यालय, सन राईज युवा क्लब, डाईमण्ड युवा क्लब, लोहसण्डा युवा क्लब, हरियाली युवा क्लब, नेम युनाइटेड युवा क्लब, सरस्वती युवा क्लबले सहयोग गरेको थियो ।

कार्यक्रममा ४ जना महिला सहित ५० जनाले रगत दान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी विरगञ्जको टोलिले रगत कलेक्शन गरेको थियो ।