जीतपुरको फ.गि.रा.गि.मा.विको व्यवस्थापन समितिमा पुरानै समितिलाई दिईयो नयाँ कार्यकाल

  • एस.एस. पटेल, बारा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित रहेको श्री फकिरा गिरि राजेश्वर गिरि माध्यमिक विद्यालयको पुरानै व्यवस्थापन समितिलाई सर्वसहमतबाट थप एक नयाँ कार्यकालको जिम्मा दिइएको छ ।

पुरानो समितिको कार्यकालको समय सके पछि पुन: नया समितिको लागि स्कुलले अभिभावक, राजनितीक दल, समाज सेवी, स्थानिय सरकारको शिक्षा शाखा प्रमुख सहितको भेला राखि नयाँ समिति गठन गर्दा पुरानो समितिले नै एकदम राम्रो काम गरेको भन्दै सोहि समितिलाई पुन: व्यवस्थापन समितिको जिम्मा दिन चर्चा भएपछि सोही समितिलाई निर्विरोध चयन गरि नयाँ कार्यकाल दिईएको हो ।

जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षा शाखा प्रमुख शिवजी साहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको समिति चयन कार्यक्रमबाट रामबाबु गुप्ता अध्यक्षलाई अध्यक्ष पदमा चयन गरिएको छ भने मुरारी पुरी, ज्ञानी पास्वान र मनोज पास्वान सदस्यमा सर्वसहमत रूपमा चयन हुनुभएको छ ।

स्कुलका प्रधानाध्यापक राजु सिंहले समितिका अध्यक्ष र सदस्यहरूलाई माला लगाई स्वागत सहित बधाई दिनुभएको थियो ।