- एस.एस. पटेल, बारा ।
बाराको जीतपुर स्थित रहेको सन राईज युवा क्लबले आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरमा २७५ जनाले स्वास्थ्य परिक्षण गराई लाभ लिएका छन् । क्लबले जीतपुरको नसिम नगरमा कार्यक्रमको आयोजना गरेको थियो ।
क्लबले आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरलाई जीतपुरसिमरा हेल्थ क्लिनिक र जीतपुरको कान्तिपुर डेन्टल क्लिनिकले सहयोग गरेको थियो । शिविरमा ब्लड प्रेसर, विपि, सुगर, बालरोग, स्त्रीरोग का साथै जेनेरल चेकजान समेत गरिएको थियो ।
जीतपुरमा पहिलो पटक यस्तो कार्यक्रमको आयोजना गरेको सन राईज युवा क्लबले अगामि दिनमा पनि यस्ता किसिमको कार्यक्रमको आयोजना गरिरहने बताएको छ ।
शिविरमा बाल र स्त्रीरोगको अनुभवी डाक्टर संग चेकजाँच गराईएको थियो । चेकजाँच पश्चात् आवस्यक परेको औंषधी समेत नि:शुल्क उपलब्ध गराईएको थियो ।
जीतपुरका युवा नेता तथा समाज सेवी राजुराज गिरिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा सदस्य दुर्गा रिजाल, ज्ञानी पास्वान र युवा नेता तथा समाज सेवी मनोज कुमार साहको उपस्थित रहेको थियो ।




