जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको चुनाव सहितको अधिवेशन स्थगित

  • एस.एस. पटेल, बारा ।

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको चुनाव सहितको अधिवेशन स्थगित भएको छ । संघले एक सुचना जारी गर्दै माघ ६ गते हुने भनिएको अधिवेशन स्थगित भएको जानकारी गराएको हो ।

कोभिड १९ को आमिक्रोम भेरिएन्ट र तेस्रो लहर सुरू भए पछि पुस २९ गते एक प्रस विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय बाराले कुनै किसिमको भेला वा कार्यक्रम आयोजना गर्नुपरेमा प्रशासन संग अनुमति लिनु पर्ने नियम लगाएको थियो ।

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले जारी गरेको सुचनाको अनुसार संघले अधिवेशन कार्यक्रम आयोजना गर्न जिल्ला प्रशासन संग अनुमति माग्दा प्रशासनले अनुमति नदिए पछि चुनाव सहितको अधिवेशन स्थगित भएको हो ।

सुचना