सम्पति कर वृद्धिको विरोधमा जीतपुरसिमराका वडा जनप्रतिनिधिहरूको सामुहिक चेतावनी सहितको ज्ञापनपत्र

  • एस.एस. पटेल, बारा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा भएको सम्पति कर वृद्धिको विरूद्धमा सोही उपमहानगरपालिकाको निर्वाचित वडा जनप्रतिनिधिहरूले सामुहिक ज्ञापनपत्र बुझाएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाले २०७८ को ऐनमा सम्पति कर १००० प्रतिशतले वृद्धि गरेको छ । यस विषयमा सोही उपमहानगरपालिकाकाे वडा नम्बर १,७,८,१०,१२,१७,२० का वडा अध्यक्ष र वडा सदस्यहरूले चेतावनि सहितको ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा सम्पति करमा भएको वृद्धि खारेज गर्नका साथै यस माथि २४ घण्टा भित्र सुनुवाई नभए आफुहरू झन कडा रूपमा विरोध गर्ने ज्ञापनपत्रमा उल्लेख छ । यस अघि सम्पति करको विरूद्धमा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले पनि उपमहानगरलाई ज्ञापनपत्र बुझाएको थियो ।

वडा जनप्रतिनिधिहरू संग ज्ञापनपत्र बुझ्दै जीतपुरसिमरा उपमहानगरपालिकाका उप-प्रमुख सरस्वती देवी चौधरीले यस विषयमा चाडै बैठक बसि समाधान गर्ने आश्वासन दिनुभयो ।