जीतपुरमा जेष्ठ नागरिक र असहायलाई कम्बल वितरण

  • एस.एस. पटेल, बारा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा जेष्ठ नागरिक र असहायहरूलाई कम्बल वितरण गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ को कार्यालयले आयोजना गरेको कम्बल वितरण कार्यक्रममा १२५ जनालाई कम्बल वितरण गरिएको हो ।

वडाको टोल टोलमा गै आवस्यक परेको व्यक्तिहरूको पहिचान गरि जेष्ठ नागरिक, एकल व्यक्ति तथा असहायहरूलाई कम्बल वितरण गरिएको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्षले बताउनु भयो ।

आज माघ १६ गते जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ को कार्यालयले जीतपुरको श्री फकिरा गिरि राजेश्वर गरि माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरि कम्बल वितरण गरिएको थियो ।

चिसोको समयमा वडाले कम्बर वितरण गरेर राम्रो काम गरेको भन्दै कम्बल लिने व्यक्तिहरू खुसि व्यक्त गरेका थिए । वडाले कम्बल लिने व्यक्तिहरूको पहिचान खुल्ने गरि नागरिकताको प्रतिलिपी समेत लिएको थियो ।

कम्बल वितरण कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा सदस्य महरम मंसुर, दुर्गा रिजाल, ज्ञानी पास्वान, समाज सेवी राजेश गिरि, अमर यादाव, आशा दाहाल, स्कुल व्यवस्थापन समितिका सदस्य मुरारी पुरी लगायतको उपस्थिति रहेको थियो ।