- एस.एस. पटेल, बारा ।
बारम्बार बजारको सडक खालि गर्न बैठक बस्छ सबै व्यापारी सहमति गर्छन तर बैठक सके पछि फेरि बाराको जीतपुर बजारको अवस्था जस्ताको तेस्तै हुने गर्छ । यंहा व्यवसायीहरू आफ्नो उपभोग गर्ने ठाउँ भन्दा ३-४ फिट अगाडि आएर सडक हड्पेर समान राखेर व्यापार गर्ने गर्छन ।
यसरी सडकमै समान राखेर व्यापार गर्दा सो सडकमा मान्छे हिन्न समेत समस्या हुने गरेको छ । बजारको सडकमा पसलेले आफ्नो पसल माथि सेड र तर समान राखेको कारण दिनमा आपतकालीन एम्बुलेन्स र वारूण यन्त्र समेत आउन सक्दैन ।
जीतपुर बजारको सडकलाई सफा र खालि राख्न बारम्बार बैठक बसे पनि यसको समाधान भने हुन सकेको छैन । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले व्यापारीहरूलाई सडक खाली गर्न बारम्बार अनुरोध गरेको हुन्छ तर संघलाई कसैले टेर्दैन ।
जीतपुर बजारको दुई नम्बर गलि र तरकारी बजार जाने मुख्य चोकमा मान्छे हिन्दा टाउकोमा समान ठोकिएर समान खस्ने गरेको छ ।
यस विषयमा जीतपुर ट्राफिक प्रहरीलाई गुनासो गर्दा यो ट्राफिकको मात्र काम नभएको बताउछ । प्रहरी संग नगरपालिकाले आफ्नो कर्मचारी नपठाए सम्म ट्राफिक प्रहरीले कुनै एक्सन नलिने जीतपुर ट्राफिक प्रहरीका प्रमुख दिपक बस्नेतले बताउनु भयो ।



