जीतपुरलाई स्वच्छ र सुन्दर बनाउने अभियान शुरू, समितिको अध्यक्षमा सर्राफ चयन

  • एस.एस. पटेल, बारा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरलाई स्वच्छ र सुन्दर बनाउने अभियान जीतपुरको स्कुल रोडबाट शुरू भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाले जीतपुरबाट टेडा जाने बाटोको फोहोर नउठाए पछि यस विषयमा बैठक बसेको थियो, बैठकले नगरले केही गर्दैन भन्ने निष्कर्ष निकाल्दै एउटा व्यवस्थापन समिति गठन गरि आफैले पैसा उठाएर फोहोर व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको अगुवाइमा बसेको बैठकले स्कुलरोड सरसफाइ, पार्किङ तथा व्यवस्थापन समिति गठन गर्दै अध्यक्षमा जितेन्द्र सर्राफलाई चयन गरेको छ । सर्राफको अध्यक्षतामा ७ सदस्यीय समिति गठन भएको हो ।

समाजमा राम्रो छाप छोड्न उक्त समितिले जीतपुरमा उदाहरणीय काम गर्ने समितिको भनाई छ । हालक‍ो लागि जीतपुरको स्कुल रोडबाट शुरू गरिएको स्वच्छ अभियान बिस्तारै जीतपुर भरिनै विस्तार गर्ने जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको सोच रहेको नगर उद्योग वाणिज्य संघका अध्यक्ष सन्जय साहले बताउनु भयो ।