- एस.एस. पटेल, बारा ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ का वडा अध्यक्षले स्कुलमा शैक्षिक सामाग्री वितरण गरेका छन् । वडा अध्यक्ष असलम देवानले आफ्नो निजि पैसा र एउटा संस्थाको सहयोगमा स्कुलमा शैक्षिक सामाग्री वितरण गर्नुभएको हो ।
जीतपुरसिमरा उपमहानगरपालिका २३ भलुहि स्थित रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा वडा अध्यक्ष र आदर्श पोलिप्लाष्टिक प्रा.लीको आर्थिक सहयोगमा स्कुल व्याग (झोला) वितरण गरिएको हो ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ का वडा अध्यक्ष असलम देवानको अध्यक्ष्तामा सम्पन्न भएको व्याग वितरण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी एमालेको मधेस प्रदेशको प्रदेश सदस्य मोविन आलम प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिले स्कुलको निरन्तर प्रगतिको लागि वडा अध्यक्ष देवानको गरेको काम उदाहरणीय भएको बताउनु भयो । साथै स्कुलको भौतिक पुर्वाधार विकासमा पनि सबैले ध्यान दिनु पर्ने बताउनु भएको थियो ।
यता वडा अध्यक्ष देवानले सो स्कुलको उन्नति र प्रगतिका लागि आफू जे गर्नुपरे पनि आफू सदैब तयार रहने धारणा व्यक्त गर्नुभएको थियो ।



