फागुुन १९ गते देखि जीतपुरसिमरामा तेस्रो बकुुलिया गोल्डकप प्रतियोगिता सुुरु हुने

  • एस.एस. पटेल, बारा ।

बाराको बकुुलिया खेल मैदानमा फागुुन १९ गते देखि तेस्रो बकुुलिया गोल्डकप प्रतियोगिता सुुरु हुुने भएको छ । आयोजक जीतपुुरसिमरा उपमहानगरपालिका वडा नं.५ को कार्यालयले पत्रकार सम्मेलनको आयोजना गरी तेस्रो बकुुलिया फुुटबल प्रतियोगिता फागुुन १९ गते देखि सुुरु भई फागुुन २८ गते सम्म चल्ने जनाएको हो ।

प्रतियोगितको प्रथम पुरस्कारमा रु एक लाख, द्धितीय पुरस्कारमा रु ५० हजार र सर्बोत्कृष्ट खेलाडिले पाँच हजार रुपैया पुुरस्कार स्वरुप प्राप्त गर्ने आयोजक समितीका अध्यक्ष तथा वडा अध्यक्ष मोहित चौधरीले जानकारी दिनुुभयोे ।

समिश्रण कृषि सहकारी संस्था लि. बकुुलियाको सह आयोजना र बकुुलिया गोल्ड समिती तथा जनकल्याणकारी क्लबको सञ्चालनमा भईरहेको प्रतियोगितालाई जीतपुुरसिमरा उपमहानगरपालिकाको वडा नं.५ को कार्यालयले रु ५ लाख आर्थिक सहयोग प्रदान गरेको सञ्चालन समितीका सदस्य रमेश चौधरीले जानकारी दिनुुभयो। आयोजकले प्रतियोगिता सफल पार्न करिब १३ लाख ७५ लाख रुपैया खर्च लाग्ने अनुुमान गरेको छ ।

प्रतियोगितमा नेपाल खेलकुुद महासंघ चपुुर बारा ,हेटौँडा फुुटबल एकेडमी हेटौडा (मकवानपुुर ),बकुुलिया ११ बकुुलिया भवानीपुुर ,बसन्तपुुर युुनाईटेड क्लब माडि (चितवन) ,मकवानपुुर ११ हेटौडा (मकवानपुुर) ,पर्सागढी युुवा क्लब बढनीहार ,बिरगंज युुथ एकेड्मी ,नमुुना जनउत्थान क्लब सिन्धुुली ,बाग्मती युुवा क्लब (सर्लाही) र खजुुरीया ११ (धनुुषा)गरी १० वटा फुुटबल क्लबहरुको सहभागिता रहने सञ्चालन समितीका सदस्य चन्दन चौधरीले जानकारी दिनुुभयो ।

गोल्ड कप सञ्चालन समितीका अध्यक्ष नरेश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगितामा अग्रज खेलाडि घनश्याम चौधरी ,वाईट युुक्रेन स्कुुलका प्रिन्सीपल सिकेन्द्र चौधरी ,सञ्चालन समिती सदस्य राधेश्याम चौधरी लगायतको सहभागिता रहेको थियो ।