घिमिरे समूहबाट पर्साका बरिष्ठ अधिवक्ता कर्णको केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी

वीरगन्ज, २०५४ सालदेखि पर्सामा कृयाशिल बरिष्ठ अधिवक्ता सुधिर कर्णले लोकतान्त्रिक प्रगतिशिल पेशागत समूह अन्तगतको गोपालकृष्ण घिमिरे समूहको तर्फबाट मधेश प्रदेशबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको छ । अधिवक्ता सुधिर कुमार कर्णले नेपाल बार एशोसिएशनको केन्द्रिय कार्य समितिमा मधेश प्रदेशको तर्फबाट उपाध्यक्ष पदका लागि उम्मेदवारी दिनु भएको हो । देशैभरका कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनमा बृहत लोकतान्त्रीक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबाट उहाँको उम्मेदवारी परेको हो । चुनाव यही १९ गते हुदैछ ।

बरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे नेतृत्वको समुहबाट बरिष्ठ अधिवक्ता तथा पर्सा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य लक्ष्मणलाल कर्णका सुपुत्र समेत रहनु भएका सुधिरकुमार कर्ण ले लालो समयदेखि कानुन क्षेत्रमा वकालत गर्दै आइरहनु भएको छ । पर्सा जिल्ला अदालत बार एशोसिएशनका पार्षद, एक पटक सचिव र अध्यक्ष समेत भईसकेका कर्ण इमान्दार कानुन ब्यवसायीको रुपमा यस क्षेधमा आफ्नो पहिचान स्थापित गराउनु भएको छ । वीरगन्जमा उच्ँच अदालत जनकपुर इजलास स्थापनामा भूमिका निर्वाह गर्दै त्यसको संयोज समेत रहनु भएका कार्णले सोही अदालतको अध्यक्षको जिम्मेवारी समेत निर्वाह गरिसक्नु भएको छ । कर्ण लायन्स क्लब अफ वीरगञ्ज प्रोफेसनल्सका पुर्व अध्यक्ष, तराई विकास मञ्चका संस्थापक अध्यक्ष, चित्रगुप्त समिति, मधेशी बुद्धिजिवि पेशागत समुह लगायतका विभिन्न समूहमा आवद्ध भएर अनुभव लिनु भएको छ ।

उम्मेदवारी किन ?
कानुन व्यवसायीहरुको पेशागत हकहित एवम् संरक्षण र न्यायिध स्वच्छताका लागि आफुले उपाध्यक्षमा उम्मेदवारी दिएको कर्णको भनाई छ । नेपाल बारलाई सम्पुर्ण अग्रज, नवोदिन, समावेशी र पेशागत कानुन व्यवसायीहरुको साझा सगंठनका रुपमा विकास गर्न, विकृति विसंगती र भ्रष्टाचारमुक्त न्यायपालिका कायम गर्न, कानुन व्यवसायीको स्वतन्त्रता, व्यवसायिक हकहित तथा क्षमता सुरक्षा र प्रतिष्ठाको अभिबृद्धिका लागि आफुले उम्मेदवारी दिएको कर्णले यात्राडेलीसँगको कुराकानीमा भने । मोफसलका बार र केन्द्रिय बारविचको पुलको भूमिकालाई समन्वयात्मक बनाउने पनि कर्णले बताउनुभयो । उहाँले न्यालयमा देखिएको पिछल्ल्लो बिकृति तथा बिसंगति एवम् भ्रष्ट्रचार अत्यका लागि आफू र आफ्नो समूहको उम्मेदवारी रहेको स्पष्ट पार्नु भएको छ । कानुन क्षेत्रमा शुद्धता आवश्यक रहेको र त्यसका लागि पनि उम्मेदवारी दिएको उहाँको तर्क छ ।

बिजयपछिको लक्ष्य : 
कानुन क्षेत्रमा देखिएका सबै प्रकारका समस्याहरु समाधान गर्ने लक्ष्य कर्ण सहितको समूहको रहेको छ । उहाँले आफू बारको चुनावमा बिजय भए कानुन क्षेत्रमा देखिएका सबै प्रकारका बिकृति अन्त्य गर्नका लागि भूमिका निर्वाह गर्ने र यो लक्ष्यमा आफू रातदिन लाग्न उहाँको भनाइ छ ।