- एस.एस. पटेल, बारा ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर स्थित रहेको श्री फकिरा गिरि राजेश्वर गिरि माध्यमिक विद्यालयमा पुस्तकालय र बाल कक्षाको उद्घाटन गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाका उप-प्रमुख सरस्वती चौधरीले उद्घाटन गर्नुभएको हो ।
राष्ट्रपति शैक्षिक सुधार कोषबाट जीतपुरको सो स्कुलमा २ कोठे भवन बनाई पुस्तकालयको स्थापना गरिएको छ । पुस्तकालय सो स्कुलमा बढ्ने विद्यार्थीहरूले प्रयोग गर्न सक्ने छन् ।
तेसै गरि आजै सोमबार जीतपुरसिमरा उपमहानगरपालिकाको ५ लाख नगर बजेटबाट स्कुलमा बाल कक्षा निर्माण गिरि सोको पनि उद्घाटन गरिएको छ । बालबालिकाहरूलाई आकर्षण गर्नेगरि बाल कक्षालाई सजाईएको छ । बच्चाहरूलाई खेल संगै शैक्षिक स्तर उकास्नको लागि सो कक्षा कोठामा विभिन्न अक्षर, अल्फावेड, नम्बर र कार्टुनको चित्रहरूले बनाईएको छ ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि रहनु भएकी उप-मेयर सरस्वती चौधरीले फकिरा गिरि राजेश्वर गिरि माविले उदाहरणीय विकास गरेको बताउनु भएको थियो ।
जीतपुरसिमरा ७ का वडा अध्यक्ष एवम् फकिरा गिरि राजेश्वर गिरि माविका व्यवस्थापन समिति अध्यक्ष रामबाबु प्रसाद कलवारको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा वडाका वडा सदस्यहरू, स्कुल व्यवस्थापन समितिका सदस्यहरू, नारि शक्ति विकास मञ्चकि अध्यक्ष आशा दाहाल, युवा नेता मनोज कुमार साह, स्कुलका प्र.अ., शिक्षक शिक्षिका लगायतको उपस्थिति रहेको थियो ।




