बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

  • एस.एस. पटेल, बारा ।

बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जील्लाको कोलहवि नगरपालिका २ स्थित तामागढी साझेदारी वनमा घाँस काट्ने क्रममा आज सोमबार बाघले आक्रमण गर्दा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ टाङ्गियावस्तीका ३१ वर्षिय सुरेश मगर रहेका छन् । मृत्क मगर सहित चार जनाको टोली बनमा घाँस काट्न गएका थिए ।

जंगलमा बाघले एकासी मगर माथि आक्रमण गर्दा आफुहरूले हल्ला गरि बाघलाई भगाई साथिलाई अस्पताल तर्फ लग्दै गर्दा उनको बाटोमै मृत्यु भएको मगर संघ घाँस काट्न गएका साथीहरूले बताएका छन् ।

घट्नाबारे थप अनुसन्धान भएरहेको जील्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।