- एस.एस. पटेल, बारा ।
नेपाली कांग्रेस जीतपुरसिमरा उपमहानगरपालिकाको नगर कमितिले स्थानिय निर्वाचनमा कुनै पार्टी संग गठबन्धनका नगरि एक्लै चुनाव लड्ने निर्णय गरेको छ । नेपाली कांग्रेस बारा क्षेत्र नं. ४ (१) क र जीतपुरसिमरा उपमहानगरपालिकाको नगर कमिटिको आज मंगलबारको बैठकले यस्तो निर्णय गरेको हो ।
बैशाख ३० गतेको स्थानीय निर्वाचनको चुवानमा नेपाली कांग्रेस एक्लै लडेर बहुातको साथ जित हाथ पार्ने दाबी गर्दै, नेपाली कांग्रेस स्थानिय तहको निर्वाचनमा जीतपुरसिमरा उपमहानगरपालिका र नगरका सबै वडामा एक्लै चुनाव लड्ने नगर कमितिका सभापति छबिलाल सर्माले बताउनु भयो ।





