- एस.एस. पटेल, बारा ।
बारामा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ स्थित सिप्रदी ट्रेडिङ नजिकै हिजो सोमबार दिउँसो करिव २:३० बजेको समयमा ट्रकले स्कुटरलाई ठक्कर दिदा दुर्घटना भएको हो ।
दुर्घटनामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरका ६० वर्षिय कन्हैया बहादुर क्षेत्रीको मृत्यु भएको छ । जीतपुरबाट सिमरातर्फ जाँदै गरेको ना.५ ख.७५०७ नम्बरको ट्रकले सोहि दिशाबाट जाँदै गरेको प्रदेश २–०३–०१४ प.१३६२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटी चालक क्षेत्री गम्भिर घाइते भएका थिए ।
घाइते क्षेत्रीलाई उपचारको लागि अल्पाइन अस्पताल सिमरामा लगिएको थियो त्यहा उपचार सम्भाव नभएपछि थप उपचारको लागि वीरगञ्ज रिफर गरिएको थियो ।
विरगञ्जको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।



