एमालेबाट जीतपुरसिमरा ७ मा सुनिल गुप्ताले पाए वडा अध्यक्षको टिकट

  • जानकारी नेपाल, डेस्क ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको वडा अध्यक्षमा नेकपा एमालेबाट युवा नेता भनेरे चिनिएका सुनिल कुमार गुप्तालाई पार्टीले टिकट दिएको छ ।

एमालेबाट जीतपुरसिमरा ७ बाट वडा अध्यक्षमा राजु गिरि, कपुर पुरी, मनोज कुमार साह, मालती कुमाल र सुनिल गुप्ता गरि ५ जनाको नाम सिफारीस गरिएको थियो ।

वडा कमिटिबाट सिफारीस गरिएको व्यक्ती मध्ये पार्टीले बैशाख ३०मा हुने स्थानिय तहको निर्वाचनमा सुनिल कुमार गुप्तालाई वडा अध्यक्षको टिकेट दिने निर्णय गरेको स्रोतले जनाएको छ ।