एमाले परित्याग गर्दै जीतपुरसिमरा २३का देवान लोसपाबाट वडा अध्यक्षमा लडने, उम्मेदवारी दर्ता आज

  • जानकारी नेपाल, डेस्क ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ को वडा अध्यक्षमा लोसपा नेपालबाट असलम देवालले उम्मेदवारी दिने तयारी गरेका छन् । एमालेबाट वडा अध्यक्षको आकांक्षी रहेका देवानलाई एमालेले टिकेट नदिए पछि उनि लोसपाबाट चुनाव लडन लागेका हुन ।

पार्टीले आफु संग गलत गरेको आरोप लगाउदै आफु पार्टी परिवर्तन गरेको बताउनु भयो । देवानले आफ्नो फेस्बुक मार्फत स्टास लेख्दै एमालेबाट जीतपुरसिमरा २३ को वडा अध्यक्षको टिकेट विकास प्रेमीलाई नभई १ करोड रुपैया दिनेलाई टिकेट दिने जस्ताको आरोप लगाएका छन् । उनका अनुसार यस भन्दा पहिला पनि एमालेले म संग यस्तै धोका लिएको उंहाले बताउनु हुन्छ ।

देवान एमाले जीतपुरसिमरा २३का पार्टी अध्यक्ष पनि थिए तर पार्टीले उनलाई टिकेट नदिए पटि उनि पार्टी परित्याग गर्दै लोसपामा प्रवेश गरेर लोसपाबााट वडा अध्यक्षमा उम्मेदवारी दिन लागेका हुन । देवानले पार्टी परित्याग गरे पछि उनि सगै करिव ३०० जनाले लोसपा प्रदेश गरेको देवानको भनाई छ ।

२०७४ सालको निर्वाचनमा पनि असलम देवानलाई एमालेले टिकेट नदिए पछि माववादी केन्द्रमाबाट चुनाव लडेर वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो । चुनाव पछि एमाले र माववादी पार्टी एकिकरण पछि देवान एमालेमै रहने निर्णय गरेका थिए । तर फेरी पार्टीले उनलाई पौसाको कारण टिकट नदिए पछि उनि लोसपाबाट चुनाव लड्न लागेका उहाले बताउनु भयो । उनि वडा अध्यक्षमा निकै बलियो उम्मेदवार पनि हुन ।

एमालेबाट जीतपुरसिमरा २३ बाट वडा अध्यक्षमा मुस्तकिम मियालाई टिकट दिइएको छ । वडा कमिटिबाट सिफारीस गरिएको व्यक्ती मध्ये पार्टीले बैशाख ३०मा हुने स्थानिय तहको निर्वाचनमा मिँयालाई वडा अध्यक्षको टिकेट दिने निर्णय गरेको स्रोतले जनाएको छ ।