Breaking फेरीयो एमालेको निर्णय: मेयरमा नारायण क्षेत्री र उप-मेयरमा सरस्वती चौधरी

  • जानकारी नेपाल, डेस्क

बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा नेकपा एमाले पार्टीले मेयरमा सरस्वती चौधरी र उपमेयरमा भोला अधिकारीको नाममा गरेको निर्णयलाई उल्टाएको छ । नेकपा एमालेले आन्तरिक रुपमा बिहान गरेको निर्णय एकाएक उल्टिएको हो ।

अब नेकपा एमालेबाट नारायण क्षेत्रीले मेयर पदमा उमेदवारी दिने छ भने उपमेयरमा सरस्वती चौधरीले उमेदवारी दिने छिन् । नारायण क्षेत्री डुमरवाना गाबिसका पुर्व अध्यक्ष,सुकुम्बासी आयोग बाराको पुर्व अध्यक्ष र साना किसान कृषि सहकारी संस्थाको मुख्य प्रबन्धक थिए । चौधरी जीतपुरसिमराको पुर्व उपमेयर हुन् ।