- जानकारी नेपाल, डेस्क
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको मेयरमा लोसपा नेपालबाट सन्जय साहले उम्मेदवारी दिनुभएको छ । जीतपुसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका साहले लोसपाबाट जीतपुरसिमरा उपमहानगरपालिकाको मयर पदमा उम्मेदवारी दिएका हुन ।
उम्मेदवारी मनोनयनको आज अन्तिम दिन लोसपा नेपालबाट मेयरमा साहले उम्मेदवारी दिने सार्वजनिक गरिएको हो । । संजय साह मेयरमा एक बलियो उम्मेदवार खडा भएको स्थानियहरुले कुरा चलाउन थालेका छन् ।
राम्रो भिजन र इमादारिताबाट जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघलाई निकै अगाडि पुगाएका साहले जीतपुरसिमरा उपमहनगरलाई पनि राम्रो बनाउनु सक्ने क्षम्ता भएका व्यक्ती हुन स्थानियहरुले चर्चा गरिरहेका छन् ।




